Tuesday, 23 October 2018 11:39 am, Nepal

ओली–सी भेटवार्ता आज

मेचीकाली : 2018-06-20 07:50:55


बेइजिङ, ६ असार :

चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने भएका छन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भोली बिहीबार आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले आजै चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्र्नेछन् । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने तय भएको छ ।

यसैबीच,  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुई पक्षीय सहकार्य अघि बढाउने बताएका छन् । प्रधानमन्त्री ओली बेइजिङ पुगे लगत्तै नेपाली दूतावासले आयोजना गरेको सम्मान कार्यक्रममा चीनसँगको सम्बन्धलाई बलियो बनाउने बताए । चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुई पक्षीय सहकार्य अघि बढ्ने बताए । नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोर्होयाउँदै चीनले गरेको तीब्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताए । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स बीआरआईमा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमाल पारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताए । आफ्नो अघिल्लो भ्रमण २०७२ चैतमा भएका सन्धी सम्झौताको कार्यान्वयन र थप नयाँ सम्झौताहरू गरिने पनि उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु