Saturday, 22 September 2018 04:51 pm, Nepal

निगमको वाइड बडी जहाज अन्नपूर्णले आजदेखि व्यावसायिक उडान भर्दै

मेचीकाली : 2018-08-01 09:25:54


काठमाडौं, १६ साउन :

नेपाल वायु सेवा निगमले आफ्नो पहिलो वाइड बडी जहाज ‘अन्नपूर्ण’को व्यावसायिक उडान आजबाट गर्दैछ । अस्ति नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न लागेको हो । निगमका अनुसार पहिलो उडान कतारको राजधानी दोहामा हुनेछ ।

आजराति ८ बजे आफ्नो नियमित तालिका अनुसार नै वाइड बडी जहाजले दोहाका लागि उडान भर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । निगमले काठमाडौँदेखि दोहासम्मको एकतर्फी भाडा न्यूनतम ११ हजार रुपैयाँ निर्धारण गरेको छ । काठमाडौँ–दोहा–काठमाडौँको दोहोरो भाडा न्यूनतम १८ हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । दोहादेखि काठमाडौँसम्मको उडानमा निगमले बिजनेस स्तरका यात्रुलाई ५५ किलोग्राम र इकोनोमी टिकटसहितका यात्रुलाई ४५ किलोग्राम ब्यागेज निःशुल्क लिन पाउने सुविधा उपलब्ध गराएको छ । जहाजमा २७५ सिट छन् । यसमध्ये १८ वटा सिट बिजनेस स्तरका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु