dashain
Thursday, 18 October 2018 06:50 am, Nepal

काभ्रेमा एक बर्षमा १४ हजारले नागरिकता लिए

मेचीकाली : 2018-08-03 07:50:15


काभ्रे, १८ साउन :

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट एक बर्षको अवधीमा बंशजका आधारमा १४ हजार ३ सय ५३ ले नयाँ नागरिकता लिएका छन् । अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा १३ हजार १ सय ४६ ले नयाँ नागरिकता प्राप्त गरेका थिए । पछिल्लो आर्थिक बर्ष २०७४/७५ मा प्रतिलिपि नागरिकता ६ हजार ३ सय १३ जनाले लिएका छन् ।

यस्तै बैवाहिक अंगिकृत नागरिकता ७ जनाले प्राप्त गरेका छन् । अघिल्लो वर्ष बैवाहिक अंिगकृत नागरिकता ८ जनाले लिएका थिए । यस्तै साधारण सिफारिसमा राहदानी लिनेको संख्या ८ हजार ६ सय ३५ रहेको छ । अघिल्लो वर्ष ८ हजार ३ सय ९१ जनाले साधारण सिफारिस मार्फत राहदानी लिएका थिए । द्रुत सिफारिस ३ हजार ५ सय २२ जनाले लिए भने अघिल्लो वर्ष ३ हजार ५ सय ८८ जनाले लिएका थिए । राहदानी वितरण प्रशासनले ८ हजार १ सय ८६ जनालाई गरेको छ । अघिल्लो वर्ष भन्दा २ सय कम संख्यामा राहदानी वितरण भएको छ । सिफारिस गरेर वितरण गर्न बाँकी राहदानीको संख्या ४ सय ९९ रहेको छ ।  

प्रशासन मार्फत संस्था दर्ता बापत ७४ हजार आम्दानी भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार नविकरण बापत ९ हजार ७ सय ५०, राहदानी दस्तुर ४ करोड ४९ लाख ६० हजार संकलन भएको छ । प्रशासनले विभिन्न घटनामा संलग्नहरुबाट दण्ड जरिवना बापत ४ लाख ११ हजार ५ सय राजश्व संकलन गरेको छ । त्यस्तै धरौटी वापत २ करोड २ लाख ५६ हजार २ सय ८८ रुपैया संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार भुपु सैनीक पेन्सन सिफारिस ८३ जनाले लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु