Saturday, 22 September 2018 02:56 pm, Nepal

अमेरिकाले घुँडा टेकाउन खोजेको आरोप

एजेन्सी : 2018-08-12 07:54:46


अंकारा, २७ साउन :

अमेरिकाले आफूहरुलाई घुँटा टेकाउन खोजेको भन्दै टर्कीका राष्ट्रपति रेजेप एर्दोआनले आपत्ति जनाएका छन् । उनले एकजना अमेरिकी पास्टरलाई हिरासतमा राखिएको सम्बन्धमा अमेरिकाले धम्कीहरू दिदैँ टर्कीलाई घुँडा टेकाउन खोजेको आरोप लगाएका हुन् ।

आतंकवादको अभियोगमा नियन्त्रणमा राखिएका पास्टर एन्ड्रयु ब्रन्सनलाई रिहा गर्नुपर्ने माग अमेरिकाले राख्दै आएको छ । यही विषयमा भएको दुई देशबीचको कूटनीतिक विवादले टर्कीको मुद्रा लिराको मूल्यमा गिरावट आएको छ । विवादका बीच अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकाको टर्कीसँगको सम्बन्ध राम्रो नभएको भन्दै टर्कीबाट गरिने स्टील तथा एलूमिनियम आयातमा दोब्बर कर लगाइने घोषणा गरेका छन् । तर, टर्कीका राष्ट्रपतिले भने अमेरिकाले उसको व्यवहारमा परिवर्तन नगरेसम्म टर्कीले नयाँ साझेदारहरूको खोजी गर्ने बताएका छन् ।

प्रतिबन्धित कुर्दिस्तान वर्कस पार्टी तथा सन् २०१६ मा भएको असफल सत्तापलटको प्रयासका लागि जिम्मेदार रहेका भनिएका इस्लामिक धर्मगुरु फेतुल्लाह गुलेनसँग सम्बन्ध रहेको आरोपमा पास्टर ब्रन्सन पक्राउ परेका थिए । उनी झण्डै दुई वर्षदेखि टर्कीको हिरासतमा छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु