Saturday, 22 September 2018 02:58 pm, Nepal

आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस

मेचीकाली : 2018-08-12 09:25:41


काठमाडौं, २७ साउन  :

आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ  नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैँ छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

सार्वजनिक कार्यक्रममा युवाको सम्मानपूर्वक सहभागितालाई जोड्दै युवा दिवसको नारा तय गरिएको राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले बताउनुभयो । नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवाको नेतृत्व विकास र परिचालनमा केन्द्रित भएर परिषद्ले काम गरिरहेको बताउनुभयो ।

युवामा सकारात्मक सोचको विकास गर्ने, सम्भावना र आशा देखाउँदै आत्मविश्वास जगाउनका लागि परिषद्ले युवालाई परामर्श दिइरहेको समेत उहाँले बताउनुभयो ।  उहाँले युवा दिवसको अवसरमा आज प्रतिभावान र सक्षम युवालाई सम्मान गर्ने कार्यक्रमको पनि आयोजना हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु