Saturday, 22 September 2018 03:33 pm, Nepal

नवलपरासीमा दुर्घटनामा परी दुईको मृत्यु

मेचीकाली : 2018-08-12 09:26:45


नवलपरासी, २७ साउन :

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा हिजो साँझ भएको दुर्घटनामा परी दुईको मृत्यु भएको छ । विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा रहेका दुई जनाको मृत्यु भएको हो ।

 दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० बर्षका विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु