Saturday, 22 September 2018 03:35 pm, Nepal

पहिरोले घर भत्काउँदा एक नाबालकको मृत्यु, दुई घाइते

मेचीकाली : 2018-08-13 08:53:58


बझाङ, २८ साउन :

बझाङको केदारस्यूँ गाउँपालिका–३ मैतोलीमा पहिरो जाँदा एक बाललको मृत्यु भएको छ । मैतोली रतनढुङ्गाका मकर विष्टका छोरा एलिस विष्टको मृत्यु भएको हो । आइतबार बिहान ६ बजे घरको माथीबाट आएको पहिरोलेले विष्टको दुई तले पक्की घर भत्काएको थियो ।

घर भत्किदा अन्य दुई बालबालिका घाइते भएका छन् । घर भित्र सुताएका नाबालकको पहीरोमा च्यापीएर घटनास्थलमा नै मृत्यु भएको र अर्काे कोठामा खेलिरहेका ४ वर्षीया संगीता विष्ट र २ वर्षीया धौली विष्ट घाइते भएको जिल्ला  प्रहरी कार्यालय बझाङले जनाएको छ ।
गत हप्ताको आइतबार देखी लगातार झरी परिरहेकाले जिल्लामा बाढी पहिरोको त्रास कायमै छ । जिल्लामा बैशाख महिना यता बझाङमा पहीरोमा परी १५ जनाले ज्यान गुमाई सकेका छन् । हाल सम्म थलारा गाउँपालिकाका एकै परिवारका ४ जान सहीत ७ जना, यस्तै जयपृथ्वी नगरपालीकाको जयपृथ्वी राजमार्गमा पहीराले जीप बगाउदा ३ जना, खप्तड छान्ना गाउँपालीकाको बयानाका एकै परीवारका ३ सहीत ४ जना गरी १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु