Saturday, 22 September 2018 03:42 pm, Nepal

संसदको बैठक बस्दै, केही विधेयक प्रक्रियामा अगाडी बढ्ने

मेचीकाली : 2018-08-15 09:56:55


काठमाडौं, ३० साउन  :

व्यवस्थापिका संसदको बैठकमा आज पनि थप विधेयकहरु प्रक्रियामा अगाडी बढ्ने भएका छन् । हिजो संसदमा पेश भएका विधेयकलाई छलफलका लागि प्रक्रियामा लैजाने संसद सचिवालयले जनाएको छ । हिजो कार्यसूचीमा राखिएका सुरक्षित मातृत्व तथा प्रजनन स्वाथ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक र निवृत्तभरण कोष विधेयक माथीको स्रैद्धान्तिक छलफल आज हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठक विहान ११ बजेका लागि बोलाइएको छ । विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ पनि दिनुहुनेछ । प्रतिनिधि सभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक र राहदानी विधेयक स्वीकृत भएको छ । हिजो बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता सम्वन्धी विधेयक बहुमत र राहदानी सम्वन्धी विधेयक सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु