Saturday, 22 September 2018 02:44 pm, Nepal

काभ्रेमा बिजुलीको मिटर अभाव, सर्वसाधारण मारमा

मेचीकाली : 2018-08-16 08:08:18


काभ्रे, ३१ साउन :

नेपाल विद्युत प्राधिकरणले मिटर उपलव्ध नगराउँदा काभ्रेका सर्वसाधारण समस्यामा परेका छन् । नयाँ मिटरका लागि बनेपा, पनौती र पाँचखालमा रहेको नेपाल विद्युत्त प्राधिकरणका शाखाहरुमा सर्वसाधारणहरु दैनिक धाउने गरेका छन् । तर, मिटर नपाउँदा उनीहरु निराश भएर फर्कनुपरेको छ ।

२०७४ पुस महिनामा नयाँ मिटर जडानका लागि निवेदन दिएको तर अझै नपाएको नमोबुद्ध नगरपालिकाका धुर्वबहादुर श्रेष्ठले बताए । विद्युत प्राधिकरणको बनेपा शाखामा मात्रै नयाँ मिटरको आवेदन १ हजार ५ सयको परिसकेको छ । मिटर प्राप्त नभएपछि कर्मचारीहरु प्रति सेवाग्रहिले आक्रोश पोख्न थालेका छन् । उर्जामन्त्री बर्षमान पुन, प्राधिकरणका कुलमान घिसिङ्गले सेवाग्रहिको गुनासो र समस्यालाई चासो ब्यक्त नगरेको भन्दै आक्रोश ब्यक्त गरेर फर्कने गरेका छन् । एउटा मिटरका लागि सेवाग्रहि ३० पटकसम्म आउने गरेको कर्मचारीहरुले बताएका छन् । बनेपा शाखामा साउन महिनामा नयाँ मिटरका लागि दिएको निवेदनको कार्तिक महिनामा मिटर लिन आउनु भन्दै पठाउने गरिएको छ । यस्तै अघिल्लो बर्षको पुस महिना देखि असार महिनासम्म प्राप्त निवेदनका ग्राहकहरुलाई अहिले वितरण शुरु गरिएको छ ।

तत्काललाई एक हजारवटा माग गरेर पठाउँदा १ सय वटा प्राप्त भएको स्टोर शाखाका प्रमुख हुईन्द्र राना मगरले बताए । प्राधिकरणको बनेपा शाखामा मात्रै असार मसान्तसम्म ५ सय ८७ वटा निवेदन दर्ता भएका निवेदनको स्टमेट गर्न बाँकी छ असार मसान्तसम्म पैसा तिर्ने २ सय भन्दा धेरै ग्राहकहरुलाई मिटर उपलब्ध गराउन सकिएको छैन । साउन महिनामा २ सय २० वटा मिटर आउँदा पनि पुराना निवेदनका ग्राहकहरुलाई मिटर उपलब्ध गराउन नसकिएको रानाले बताए । इन्जिनियर नरेश मानन्धरका अनुसार माग भन्दा आपुर्ति कम भएकाले सहज ब्यवस्थापन गर्न नसकिएको हो । जिल्लामा भुकम्प पीडितहरुका लागि जिल्लामा निशुल्क मिटर उपलब्ध गराउने गरिएको छ । तर पनि उनिहरुको माग अनुसार मिटर उपलब्ध हुन सकेको छैन । मिटरको समस्या एकातिर छ भने प्राप्त भएका मिटरहरु जडान नगर्ने अर्काे समस्या रहेको पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु