Saturday, 22 September 2018 03:20 pm, Nepal

आजदेखि मुलुकी ऐन विस्थापित

मेचीकाली : 2018-08-17 08:42:22


नयाँ कानुन कार्यान्वयनमा
काठमाडौं, १ भदौ :

आजबाट नेपालमा नयाँ कानुन लागु भएको छ । मुलुकी देवानी र फौजदारी कार्यविधि अपराध संहिता ऐन, २०७४ भदौ १ गते अर्थात भोलदेखि लागू हुदैछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । नेपालमा एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै आजदेखि नयाँ कानुन लागू भएको हो ।

संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ आजदेखि विधिवत रुपमा लागु भएको हो । सर्वोच्च अदालत र सरकारले एकै साथ कार्यान्वयन गर्न आजबाट मातहतमा निकायलाई निर्देशन पनि दिदैछन् । नयाँ कानुन लागू भएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, कोर्ट फी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, करार ऐनलगायत १५ वटा पुराना कानुन खारेज गरिएको छ । मुख्य ६ वटा अपराधमा आजन्म कैदको अथवा बाचुन्चेल जेल सजायको व्यवस्था गरिएको छ ।

ब्यवस्था परिवर्तित कानूनमा सर्वस्व सहित जन्मकैदलाई हटाएर बाँचुन्जेलसम्म कैदको व्यवस्था गरिएको र जन्मकैदको अवधिलाई बढाएर २५ वर्ष पुफ्याइएको छ । मुलुकी देवानी र फौजदारी कार्यविधि अपराध संहिता ऐन निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तराष्ट्रिय कानूनलाई आधार बनाइएको तत्कालिन कार्यदलको दावी छ । संहितामा सजायको वर्गीकरण गरी कसूरको प्रकृति र गम्भीरताका आधारमा आजीवन कैद, जन्मकैद, निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति, कैद, जरिवाना वा क्षतिपूर्ति वा दुवै, जरिवाना वा क्षतिपूर्ति नतिरेबापत कैद, कैदको सट्टा सामुदायिक सेवामा लगाउन जस्ता सजायका व्यवस्था गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु