Saturday, 22 September 2018 02:51 pm, Nepal

भारतीय प्रधानमन्त्री केरलाको बाढी निरीक्षणमा

मेचीकाली : 2018-08-17 16:41:23


नयाँ दिल्ली, १ भदौ :

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार केरला राज्यमा आएको बाढीको अवस्था बुझ्न त्यसतर्फ जान लाग्नु भएको छ ।केरलाका मुख्यमन्त्री पिनारायी भिजायनसँग बाढीको अवस्थाको विषयमा टेलिफोन वार्ता भएको र आफू केरलातर्फ जाने प्रधानमन्त्री मोदीले बिहीबार गर्नु भएको ट्वीटमा जानकारी दिनु भएको छ ।

केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीहरुले जनाएका छन् । केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा ९४ जनाको मृत्यु भइसकेको छ ।केरलाको बाढी पहिरो प्रभावित क्षेत्रबाट पछिल्लो समय ९२६ व्यक्तिलाई सुुरक्षित स्थानमा सारिएको राष्ट्रिप प्रकोप व्यवस्थापन केन्द्र (एनसीएमसी) ले जानकारी दिएको छ ।

उद्धार कार्यका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको एनसीएमसिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु