dashain
Thursday, 18 October 2018 07:12 am, Nepal

फलफूल खेतिबाटै वाार्षिक १० लाख आम्दानी

मेचीकाली : 2018-08-22 09:01:15


झापा, ६ भदौ  :

फलफूल खेति गरेर झापाका एकजना किसानले राम्रो आम्दानी गरिरहनुभएको छ । झापाको अर्जुनधारा नगरलपालिका ९ कालिकास्थानका दिनबन्धु थापाको बारीमा थरीथरीका फलफूल छन् । कुनै पाकेका, कुनै पाक्ने बेला भएका अनि कुनैचाहिँ भर्खर भर्खर फूल खेल्न थालेका ।

अम्बा, कागति, भुईकटहरदेखि कतिपयले नाम नै नसुनेका फलफूल पनि पोखरेलको बारीमा छन् । कतिपय नौला फलफूलका बिरुवा भारत, चीन र थाइल्याण्डबाट ल्याईएका हुन् । इन्टरनेटका कारण नौलो जातका फलफूलका बारेमा बुझ्न र बिरुवा ल्याउन सजिलो भएको उहाँ बताउनुहुन्छ । २०५२ सालबाट व्यवसायिक कृषि पेशा थाल्नुभएका पोखरेलले अहिले २२ विगाहा जमिनमा विभिन्न जातका फलफूल खेति गर्नुभएको छ ।

भारतको बनारसमा रहेको सम्पुरणानन्द संस्कृत विश्वविद्यालयबाट शास्त्री गर्नुभएका पोखरेल कृषि व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । उहाँका आम्दानी पनि राम्रो छ । अहिले वार्षिक १० लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । युवाहरु बेरोजगार छन्, काम खोज्दै विदेशिन्छन् । पाँच जनालाई रोजगारी दिनुभएका पोखरेल युवाहरुलाई आफ्नै गाउँ ठाउँमा खेति किसानी वा पेशा व्यवसाय गर्न सुझाव दिनुहुन्छ । आफ्नो काम वा व्यवसाय दिगो हुने उहाँको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु