dashain
Thursday, 18 October 2018 06:09 am, Nepal

थुनिएको बडिगाड खोला बग्न थाल्यो

मेचीकाली : 2018-09-15 11:11:46


गुल्मी, ३० भदौ :

पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौँ घर जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बडिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ ।

खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको स्थानीय रविलाल पौडेलले बताउनुभयो । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले फुट्ने सम्भावना कम रहेको पौडेलले बताउनुभयो । खोला थुनिएपछि बागलुङका खार र खर्बाङ बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, इन्दे्रगौँडा, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवती गाउँपालिकाको जोहाङ खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीमा माइकिङ गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ ।

बाग्लुङको बडिघाट गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरुङका अनुसार मलकट्ठीबाङका करीब एक दर्जन घर डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु