Tuesday, 26 September 2017 01:06 pm, Nepal

कलाकार देशका सम्पत्ति हुन्

इश्वरकाजी खाइजु : 2010-09-04 18:51:55


भक्तपुर, १९ भदौ
अन्तर्राष्ट्रिय लोक साँस्कृतिक संघका सदस्य तथा एभरेस्ट नेपाल कल्चरल समूहका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले कलाकार देशका गहना नभई परिचय र सम्पत्ति भएको बताएका छन् ।विनाता कला सदन भक्तपुरको आयोजनामा भएको तीनमहिने निःशुल्क संगीत तालिमका सहभागीलाई शनिबार प्रमाणपत्र वितरण गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले गहना हुनेले लाउने तथा विशेष सभासमारोहमा मात्र लगाइने हुँदा कलाकारलाई त्यस किसिमको गहनासँग जोड्न नहुने उनले बताए । हामी कलाकार देशका गहना होइनौं, सम्पत्ति र पहिचान हौं, उनले भने । उनले नेपाली कला र संगीत विश्वमै प्रख्यात भएकोले नयाँ पुस्तालाई यसले सुसज्जित पानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कलानिधि इन्दिरा संगीत महाविद्यालयका अध्यक्ष इन्दिरा श्रेष्ठले गीत संगीत मानव जीवनको अभिन्न अंग भएको हुँदा यसबाट कोही टाढा हुन नसक्ने बताइन् । महाविद्यालयका प्रिन्सिपल एवं वरिष्ठ तबलावादक मोहनप्रसाद जोशीले शास्त्रीय संगीत नै सबै गीत संगीतको जननी भएकोले नयाँ पुस्तालाई शास्त्रीय संगीतबारे तालिम आवश्यक भएको बताए ।
सिद्धि स्मृति प्रतिष्ठान, सुनौलो कला केन्द्र, न्यू हिमालचुली कल्चरल ग्रुप र कलानिधि इन्दिरा महाविद्यालयको सहयोगमा भएको उक्त तालिममा गायन र बाद्यवादनतर्फ हार्मोनियम, तबला, धिम्मे तथा उद्घोषणको निःशुल्क प्रशिक्षण दिइएको थियो । विनाता कला सदनका अध्यक्ष बद्रीनारायण ताम्राकारका अनुसार तालिममा दुई सय २४ जनाको सहभागिता रहेको छ । कार्यक्रममा तालिमका सहभागी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु