Tuesday, 26 September 2017 01:09 pm, Nepal

अपाङ्ग भएर पनि उदाहरणीय बनेका शिवराज

मेचीकाली : 2010-09-05 14:42:37


एलबी थापा/प्युठान
  मोटो र होचो कद भएका शिवराजका शरिरभरि आँैला छन् । सामान्यतया मानिसको शरिरमा हातका १० र खुट्टामा १० गरी २० ओटा आँैला हुन्छन् । तर अदुवाका चाका जस्ता डल्ला देखिने शिवराजका हात र खुट्टामा गरी ३१ औँलाहरु छन् ।  उनका हातमा १५ र खुट्टामा १६ ओटा औँला छन् । जन्मै यस्तै जन्मिएका शिवराजको स्वर पनी नक्सरो छ । नचिनेको मान्छेले झट्ट हेर्दा डल्ले शिवराज जो कोहिले देख्ने बित्तिकै घोरिएर हेर्न थाल्छ अनि हाँस्न पनि थाल्ला उनको आनी बानी थाहा नभएकाहरु । तर प्यूठानको पुजादेखि तिराम,  दाङको लोहारपानेटी, वचेनी, रिवानदेखि गुल्मीको मरभुङ, अर्खाबाङ यस्तै बाग्लुङ्गको बुर्तिवाङ्गदेखि अर्घाखाँचिको ढाकाबाङ, सन्धिखर्क लगायत आसपासका ठाउँमा निकै प्रख्यात छन् शिवराज ।

 उनलाई यसरी प्रख्यात बनाएको छ, धुँवारहित सुधारिएको चुलो बनाउने कामले । पैसा कमाउन बिदेश नै धाउनुपर्छ र समाज सेवा गर्न पढ्नै पर्छ भन्ने उनलाई लाग्दैन ।

गाउँघरमै सानै भएपनि सीप सिकेर समयको सदुपयोग गरी सिर्जनशील बन्ने हो भने अमेरिका नेपालमै भएको उहाँको भनाइ छ । २०३३ सालमा ओखरकोट ७ चुँदारामा जन्मेका शिवराज घरमा ३ भाई छोरा र २ छोरी मध्येका जेठा छोरा हुन् ।

उनीजस्तै अपाङ्ग एकजना बहिनीले स्थानीय बजारमा सिलाइकटाई पेसा गर्दै आएकी छिन् । वर्षैभरि चुलो बनाउने काममा ब्यस्त देखिने शिवराज बुवा आमालाई भेट्न मन लाग्दा र खेतीपातीको समय अनि चाड पर्वमा मात्र घरमा आउने गर्छन ।

चुलो बनाउँदै गाउँबाट निस्कने शिवराज घर फर्कदा बाटोमा पर्ने घरमा पनि चुलो बनाउँदै फर्कन्छन् ।

त्यतिमात्र होइन, घरमा फर्कने बेला चुलो बनाएर जम्मा भएको पैसाले खसी, बोका, बाख्रा, पाठा, घिउ, मह र दाल जस्ता घरेलु सामानहरु खरिद गरी स्थानीय बजारमा ल्याएर बेच्ने पनि गर्छन ।

    जिल्ला विकास समिति स्थानीय विकास कोष र ग्रामीण प्रविधि केन्द्र नवीकरणीय ऊर्जा सेवा केन्द्र दाङ्गले सञ्चालन गरेको राष्ट्रिय सुधारिएको चुलो कार्यक्रमवाट २०६१ सालमा स्थानीय चुलो प्रर्वद्धक तालीम लिएपछि उनले गाउँघरमा चुलो जडान गर्ने पेसा सुरु गरेका छिन् ।

 वर्षैभरिचुलो बनाउने शिवराजले हालसम्म करिब १५ सय जति सुधारिएको चुलो बनाइसकेका छन् । यसै पेसाबाट ४ लाखभन्दा वढी आम्दानी गरी सकेको उहाँले बताउनुभयो ।

जिविस स्थानीय विकास कोषलाई धन्यावाद दिदै उहाँ भन्नुहुन्छ,–“भन्थे पैसा हावामा छरिएर रहेको हुन्छ त्यसलाई टिप्न जान्नुपर्छ साँच्चै हो रहेछ ।”

जन्मदै जेठो छोरो नै अपाङ्ग सन्तानको रुपमा जन्मेपछि निरास र चिन्तित उनकी आमा छोरोका यस्तो सिर्जनशील कामबाट निकै सन्तुष्ट भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–“श्रीमानको कमाइबाट घरमा खान लाउन पुगेको छ । छोराले चुलो बनाउने कामबाट जम्मा भएको पैसाबाट वुटवलको तामनगर र वेलवासमा घडेरी समेत किनेको छ ।”

 अब फेरि बुवा र छोरोको कमाईबाटै अर्को ठाउँमा घडेरी किन्ने पनि घर सल्लाह भएको छ, उहाँले भन्नुभयो ।

चुलो जडान गर्दै हिडने क्रममा चँुजा १ निवासी सुशिला पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका शिवराज एक छोराका बुवा समेत भइसकेका छन् ।

चुलो बनाएर नेपालका विभिन्न ठाउँमा भ्रमण गर्ने अवसर पाएका उनले जिल्लास्तरमा विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुने मौका पाएका छन् । चुलो प्रवद्र्धक तालिम आफूलाई बरदान सावित भएको उहाँ बताउनुहुन्छ ।

    शिवले यसवर्ष तिराम गाविसमा गएर चुलो जडान गर्ने काम गरिरहेका छन् ।

“यसपछि दाङको वचेनीमा चुलो बनाउनको लागि माग भइरहेकोले समय पाएसम्म उतै जाने सोंचमा छु–उहाँले भन्नुभयो ।”

अपाङ्ग भएर पनि अहिले समाजमा उदाहरणीय बनेका शिवराज कामको लागि देश विदेश धाउने युवालाई सिर्जनशील भएर आफ्ना पसिना एकपटक भएपनि आफ्नै धर्तिमा बगाउनको लागि अनुरोध गर्नहुन्छ ।

    सुधारिएको चुलोको गाउँमा अत्यधिक प्रयोग हँुदै गएकोले आफ्नै गाउँमा मात्र आधा दर्जनभन्दा बढी चुलो प्रवद्र्धक थपिएको स्थानीय गाउँलेहरुले बताएका छन् ।

चुलो जडान कार्यलाई मुख्य पेसा बनाएका शिवराजले जिल्ला तथा गाउँमा अहिले नयाँ नयाँ चुलो प्रर्वद्धक थपिए पनि आफ्नो चुलो गुणस्तरीय भएको कारण मागमा झन वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

 के वर्षा के हिउँद सधैँभरि एकनास हुन्छ शिवराजलाई । वर्षायाममा झम्झम झरी परिरहेका बेला पनि पिँडीमै बसेर भएपनि चुलो बनाउन ईंट्टा बनाइरहेका हुन्छन् शिवराज ।

    जन्मेपछि बिबाह गर्नु विधिको विधान रहेछ, त्यसैले मैले पनि बिबाह गरें तर वर्षैभरि चुलो बनाउने काममा बाहिर जानुपर्ने भएकाले छोरो र श्रीमतीलाई समय दिन नसकेकोमा भने दुःखित छन् उहाँ भन्नुहुन्छ ।

उनका साथी भनेका चुलो बनाउने काममा प्रयोग हुने बाकस र माटो ढुङ्गा बनेका छन् । मरेपछि माटोमै मिल्नुपर्ने भएकाले बाँचुन्जेलसम्म नै माटोसँगै साइनो गाँसी आफ्नो काम अगाडि बनाउने उहाँको प्रण रहेको छ ।

यो विषयका प्रतिक्रियाहरु

bom bdr pun magar :May 29, 2011 01:14:50 AM

आफ्नो देशमा बसेपनि आफ्नो प्यारो जील्लाप्युथान को नाम लाइ माथि चदायाको हजारलाई धन्यबाद ,एक धार्मिक चित्र को रुप मा चिनियाको जिल्ला हाम्रो,तै पनि तपाई हरु एक अपांग भयर पनि एक कुना बाट जिल्लाको नै नाम राखेको मा हजारलाई हिर्ध्य बाट नमस्कार म बोम बहादुर पुन मगर नारिकोट (१)रातामाता,हाल दोहा कतार बाट ok see u bay bay

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु