Tuesday, 26 September 2017 01:16 pm, Nepal

चरामै समर्पित हेम पौडेल

मेचीकाली : 2010-09-10 08:54:08


Hem paudelश्याम रिमाल

हालसम्म हजारौ चराका चित्र तयार गरिसकेका हेम पौडेल घरको बार्दलीमा बस्दा होस् वा सडकमा हिँडिरहँदा, चराकै खोजीमा लागेका हुन्छन् । चराका चित्र बनाउँदा बनाउँदै उनी  लोभलाग्ने गरी चराको आवाज पनि निकाल्नसक्ने भइसकेका छन् ।  

सत्तरी वर्ष अगाडि  बत्तीसपुतलीमा जन्मेका पौडेल सानैदेखि कलाक्षेत्रमा प्रवेश गरेका हुन् । आफ्ना भिनाजु बद्रीप्रसाद थपलियाका माध्यमबाट चन्द्रमान मास्केसँग एक वर्षसम्म रेखा र रङबारे सिकेका पौडेलले घरेलु कार्यालयमा डिजाइन एन्ड आर्टसका लागि जागिर पनि पाए । त्यहीँ उनले कमर्सियल आर्ट, पोस्टर डिजाइन र आधुनिक कलामा काम गरे । त्यतिबेला उनी आफ्नो मौलिक पहिचान खोज्दै थिए । “म जागिरमा लागे पनि ममा केही अभाव, रिक्तता र असन्तुष्टि थियो,” पौडेल भन्छन् । तत्कालीन रोयल नेपाल एकेडेमीमा कलाकार लैनसिँह बाङ्देल प्राज्ञ भएर आएपछि पौडेलले बाङ्देललाई आफ्ना काम देखाए । त्यसपछि बाङ्देलले कलाकार प्रशिक्षण कार्यक्रममा पौडेललाई दुई वर्ष सहभागी बनाए । बाङ्देल उनीबाट सन्तुष्ट थिए । त्यत्तिकै बेला अमेरिकाका चराविशेषज्ञ रोबर्ट फ्लेमिङ आफ्नी चिकित्सक पत्नीका साथ नेपाल आएका थिए । उनी नेपालका चरा शीर्षकमा ग्रन्थ प्रकाशनमा लागेका रहेछन् । बाङ्देलले फ्लेमिङसँग पौडेललाई चिनाइदिए । त्यसपछि पौडेलको चरा सिर्जना यात्रा सुरु भयो ।

सन् १९६९ (विसं २०२६) मा काम सुरु गरी सन् १९७६ (विसं २०३३) मा ‘बर्डस् अफ नेपाल’ नामक कृति प्रकाशन भयो । किताब प्रकाशनका लागि उनी गोदावरी, शिवपुरी, ह्याङ्जासम्म पुगे । त्यसपछि पनि चराका पछि कुदेका यी कलाकार मुक्तिनाथ, चितवन, कोसीटप्पु, टौदहमा पुगेर चित्र कोरेको को¥यै छन् । उनले अन्य चराका अलावा नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर, क¥याङकुरुङ, हाँस, रजहाँस, मूकचरी, रक्तशिर, नेपाल कुटिया, गरुड आदिका चित्र

बनाइसकेका छन् । उनले हालसम्म देश विदेशमा गरी एकल नौ र सामूहिक चार प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् भने बेल्जियम, जर्मनी, बेलायत, अमेरिका, जापान आदि देशमा उनका चित्र बिक्री भइसकेका छन् ।

पौडेल हरेक वर्ष विश्व वातावरण दिवस (जुन ५) मा वातावरण र चित्र शीर्षकमा चित्र प्रदर्शनी गर्छन्, कविहरूलाई चित्र हेरेर कविता कोर्न लगाउँछन् र पुरस्कार पनि दिन्छन् । कविहृदयका पौडेलको शान्तिको आलोक (२०६२) शीर्षकमा एक कवितासङ्ग्रह प्रकाशन भइसकेको छ भने अर्काे प्रकाशनोन्मुख छ । ‘क्यानभासका चराहरू’ शीर्षकमा उनले अर्काे साल फेरि कवितासङ्ग्रह प्रकाशन गर्ने योजना राखेका छन् । उनले आफू र आफ्नी धर्मपत्नीका नाममा हेमगङ्गा युवा कला प्रतिभा पुरस्कार पनि स्थापना गरेका छन् ।

म पर्खिबसेँ आँखा बिछ्याएर

आउने ती पाहुना चराहरूलाई

तर ती आएनन्

अन्तै कता मोडिए

मेरो क्यानभासमा चराहरू आउँथे

आज सिमसार छैन

त्यसैले मेरो क्यानभास मौन छ

म मौन छु, मेरो क्यानभास मौन छ– चराहरू बिलाउन थालेकामा पौडेलको चिन्ता कवितामा यसरी व्यक्त हुन्छ ।

हेमकी पत्नी गङ्गा साहित्यकारले परिचित छन् र पतिका चित्रकारिता र प्रदर्शनीमा सहभागिता जनाउँछिन् । उनी भन्छिन्– मेरा पति हेमको जीवन कलामा नै समर्पित छ । उहाँ चरालाई अति माया गर्नुहुन्छ । वनजङ्गल, काठ नासिँदा साह्रै चित्त दुखाउनुहुन्छ । राजनीतिक व्यवस्था राम्रो भए र स्थिरता भए पर्यावरण पनि राम्रो हुनेथियो ।

कलाकार हेम पौडेल भन्छन्– सरकारले पर्यावरण संरक्षण गर्न दृढता देखाउनुपर्छ । चराचुरुङ्गी भनेका पर्यटकका आकर्षण हुन् । बर्सेनि लाखांै मानिस विदेशबाट चरा हेर्न भनेर नेपाल आउँछन् । चराको वासस्थान सिमसार क्षेत्रमा बस्ती बसाउनुहुन्न । तालहरू माछाका लागि ठेक्कामा दिँदा चरालाई बाधा पुग्छ ।

अर्को वर्षको जुन ५ को तयारीमा लागिरहेका पौडेल सो अवसरमा चराका बारेमा केही नयाँ चिज ल्याउन लागेको सङ्केत दिन्छन् । चराकै कलामा लागेका काठमाडांैँका हिरा डङ्गोल र सुनसरीका जीवनाथ पोखरेल मात्र होइन, अन्य कलाकार पनि यस क्षेत्रमा आउनुपर्नेमा उनी जोड दिन्छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु