Tuesday, 19 June 2018 12:55 am, Nepal

महाधिवेशनमा मतदान जारी

मेचीकाली : 2010-09-21 16:08:26


nc भोट हाल्ने २५ सय नाघे (अपडेट ४ बजे)

काठमाडौं, ५ असोज : नेपाली काँग्रेसको आज प्रज्ञाभवन कमलादीमा भइरहेको निर्वाचनमा अहिलेसम्म दुई हजारभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् । सभापतिका प्रत्यासी सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङलगायत उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीका प्रत्यासी विमलेन्द्र निधि, महिला नेत्री सुजाता कोइरालालगायतका शीर्ष नेताले मतदान गरिसक्नुभएको मतदान अधिकृत मुकुन्द पौडेलले जानकारी दिए ।

    पङ्क्तिबद्ध लाइनमा बसेकामध्येबाट क्रमैसँग एकपटकमा ४० जनालाई मतदानका लागि पठाउने गरिएको र एकजनालाई १० देखि २५ मिनेटसम्म समय लाग्ने गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  मताधिकारका लागि ४ बजेभित्र मतदानकेन्द्रस्थित लाइनमा बस्नुपर्ने भएकाले मतदाताहरू लाइनमा बसिसकेका छन् ।

     आ–आफ्ना प्यानलका उम्मेदवारलाई जिताउन प्रचारप्रसार अभियानमा सक्रिय नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकलाई भ्याइनभ्याई भएको छ ।

निर्वाचन आयोगले ४ बजेसम्मका लागि मतदानको समय तोकेको भए पनि साँढे २ घण्टा ढिलो मतदान सुरु भएपछि मतदानका लागि समय थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु