Monday, 20 August 2018 02:14 pm, Nepal

पुरै परिणाम केहीदिनमा मात्रै

एजेन्सी : 2010-09-24 10:55:10


NCकाठमाडौं, ८ असोज : कांग्रेस महाधिवेशनको पूर्ण मतपरिणाम आउन अझै केही दिन लाग्ने भएको छ। निर्वाचन समितिको हेलचेक्र्याइँ, फितलो पूर्वतयारी र आलस्यपनले गणना उत्साहपूर्ण हुन नसकेको आरोप लगाइएको छ।   मतगणना सुरु भएको तेस्रो दिनसम्म जम्मा तीनजना पदाधिकारी र एक मुस्लिम केन्द्रीय सदस्यको मात्र परिणाम आएको छ भने आरक्षणको एकचौथाइमात्रै मतगणना सकिएको छ। अञ्चल र खुलातर्फको केन्द्रीय सदस्यको मतगणना थालिएकै छैन।

आरक्षणतर्फको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गर्नेगरी कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन समितिले सात घन्टा ढिलो दिउँसो तीन बजेमात्रै थालेको थियो। साँझ ८ बजे मतगणक थाकेको भन्दै समितिले मतगणना स्थगित गर्‍यो।

आरक्षणतर्फको मतपेटिका खन्याइसकेपछि बीचैमा गणना रोकेकोमा उम्मेदवार र महाधिवेशन प्रतिनिधिले आक्रोश र आशंका व्यक्त गरेका छन्। मतपत्र असरल्ल छाडेर गणना रोक्दा तलमाथि हुन सक्ने उनीहरूको आशंका छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु