Monday, 20 August 2018 02:13 pm, Nepal

कांग्रेसका 'हिरो' बन्दै गगन

मेचीकाली : 2010-09-27 09:33:55


Gagan thapaकाठमाडौं, ११ असोज : नेपाली कांग्रेसको १२ औं महाधिवेशनपछि चर्चित युवा नेता गगन थापा ‘हिरो’ बनेका छन् । केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउनेमा गगनको नाम लगभग पक्का भइसकेको छ । गगनलाई महाधिवेशन प्रतिनिधिले सबैभन्दा बढी रुचाएका छन् । जसले कांग्रेसमा उनी एकमात्र युवा ‘हिरो’ भएको प्रमाणित भएको विश्लेषकहरुसमेत बताउन थालेका छन् । दोस्रो जनआन्दोलनमा उनको भूमिकाको कदर गर्दै कांग्रेसमा गगनलाई महाधिवेशन प्रतिनिधिले सबैभन्दा बढी रुचाएका हुन् ।

हिजोसम्मको मत परिणाम अनुसार गगन थापा आफ्ना ससुरा अर्जुन नरसिंह केसीभन्दा अगाडि छन् । सबैभन्दा बढी मत ल्याएका गगनको एक हजार ४६१ मत छ भने अर्जुननरसिंह केसी एक हजार ४२८ मत ल्याएर दोस्रो र खुमबहादुर खड्का एक हजार २९६ मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।

    खुल्लातर्फका लागि २५ जनाको प्रतिस्पर्धा रहेको केन्द्रीय सदस्यका लागि प्रदीप गिरी एकहजार २७८, सशाङ्क कोइराला एक हजार २२६, सुजाता कोइराला एक हजार २२१, रामचन्द्र पौडेल एक हजार २०८, रामशरण महत एक हजार १९४, बालकृष्ण खाँड एक हजार १४९ र एनपी साउदले एक हजार १२७ मत प्राप्त पाएका छन् ।

    त्यसैगरी शेखर कोइराला एक हजार ५४, महेश आचार्य एक हजार ४१, मीनेन्द्र रिजाल एक हजार ३३,  प्रकाशशरण महत एक हजार १६, चन्द्र भण्डारी ९९५, गोपालमान श्रेष्ठ ९५१, कृष्ण सिटौला ९६३, पूर्णबहादुर खड्का ९२४, बलबहादुर केसी ९१७, नारायण खड्का ९२८ र शङ्कर भण्डारीले ८९४ मत पाएका छन् ।

    त्यस्तै कुलबहादुर गुरूङ ८००, मनमोहन भट्टराई ७९७, ज्ञानेन्द्रबहादुर कार्की ७८०, गोविन्दराज जोशी ७१०, जिपछिरिङ लामा ७०८, दीपकुमार उपाध्याय ७१३, प्रदीप पौडेल ६८९, चिरञ्जीवी वाग्ले ६५०, शोभाकर पराजुली ६६०, चक्र बास्तोला ६४२ र डिबी लामा ६२२ मत प्राप्त गरेका छन् ।

    अञ्चलतर्फका लागि १४ जनाको प्रतिष्पर्धामा मेचीबाट नरेन्द्रविक्रम नेम्बाङ ८९८ र सुधिरकुमार सिवाकोटी ६१९, कोसीबाट आमोदप्रसाद उपाध्याय ८६४ र उमेशजङ्ग रायमाझी ६७३, सगरमाथाबाट रामकुमार चौधरी ६९१ र सुवास पोखरेल ५३२, जनकपुरबाट आनन्दप्रसाद ढुङ्गाना ७५५ र देवी न्यौपाने ५३६, वाग्मतीबाट नवीन्द्रराज जोशी ९१३ र ध्यानगोविन्द रञ्जितले ६६४ मत प्राप्त गरेका छन् ।

    यसैगरी नारायणीबाट रमेश रिजाल ७६० र राजेन्द्रबहादुर अमात्य ६५६, गण्डकीबाट सुरेन्द्र पाण्डे ७१७ र रघुनाथ पौडेल ५१५, लुम्बिनीबाट भरतकुमार शाह ७२८ र कृष्णचन्द्र नेपाली ७१०, धौलागिरिबाट अर्जुनप्रसाद जोशी ८६९ र किरण पौडेल ७४२, राप्तीबाट दीपक गिरी ९५६ र राजेन्द्रबहादुर शाहले ४९५ मत ल्याएका छन् ।

     कर्णालीबाट जीवनबहादुर शाही ८८९ र दीनबन्धु श्रेष्ठ ७९९, भेरीबाट किशोरसिंह राठौर ७८७  र ह्ृदयराम थानी ५०५, सेतीबाट बद्री पाण्डे ७०९ र अर्जुनजङ्गबहादुर सिंह ६३० तथा महाकालीबाट दिलेन्द्रप्रसाद बडु ९४५ र रमेश लेखकले ९३१ मत प्राप्त गरेका छन् ।

    पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार हिजोसाँझ ८ बजेसम्म खुलातर्फ दुई हजार २०० र अञ्चलतर्फ दुई हजार ९४ मत गणना भइसकेको छ । मतगणना आज बिहानदेखि पुन सुरु भएको छ । 

यो विषयका प्रतिक्रियाहरु

jank:Sep 27, 2010 01:39:27 PM

हार्दिक बधाई उवा नेता गगन थापा लाई

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु