Monday, 20 August 2018 02:14 pm, Nepal

कस-कसले जिते कांग्रेस केन्द्रीय सदस्यमा ?

मेचीकाली : 2010-09-27 14:50:48


काठमाडौं, ११ असोज : काग्रेस केन्द्रीय कार्यसमितिको खुल्लाको तर्फ निर्वाचनमा संस्थापन पक्षका १४ र देउवा पक्षका ११ जना विजयी भएका छन् । सोमबार अपरान्हतिर सम्मपन्न मतगणना अनुसार खुल्लातर्फ २५ जना विजयी भएका हुन् । खुलातर्फको निर्वाचनमा पुराना हस्तीहरुले हारेका छन् भने केही नयां अनुहारले केन्द्रीय सदस्यमा प्रवेश पाएका छन् । शोभाकर पराजुली, गोविन्दराज जोशी, प्रदीप पौडेल, चक्र बास्तोला, चिरन्जीवी वाग्ले, डीवी लामा लगायतले निर्वाचन हारेका छन् । निर्वाचितमध्ये कोइराला पक्षका १४ जना र देउवा पक्षका ११ जना केन्द्रीय सदस्य रहेका छन् । यसअघि नै आरक्षण तर्फको मतपरिणाम सार्बजनिक भइसकेको छ भने आजै रातीसम्म अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मत परिणाम आउने बताइएको छ ।

१. गगन थापा २०६१

२. अर्जुननरसिंह केसी २०२४

३. खुमबहादुर खडका १७९१

४. सशांक कोइराला १७६७

५. प्रदीप गिरी १७४१

६. सुजाता कोइराला १७३९

७. रामचन्द्र पौडेल १७०३

८. रामशरण महत १६९९

९. बालकृष्ण खाँड १६०६

१०. एनपी साउद १५५६

११. शेखर कोइराला १५३१

१२. महेश आचार्य १५०१

१३.मिनेन्द्र रिजाल १५३५

१४. प्रकाशशरण महत १३८६

१५. कृष्ण सिटौला १३७३

१६. चन्द्र भण्डारी १३६८

१७. नारायण खड्का १३४०

१९.गोपालमान श्रेष्ठ १२८६

१८. बलबहादुर केसी १२८६
२०. पूर्णबहादुर खड्का १२४६

२१.शंकर भण्डारी १२१५

२२.कुलबहादुर गुरुङ ११५५

२३. मनमोहन भट्टराई १०८०

२४. ज्ञानेन्द्रबहादुर कार्की १०६८

२५.दीपकुमार उपाध्याय १०२०

धेरै मत ल्याएर पराजित हुने पाँच जना

२६. गोविन्दराज जोशी १००४

२७. प्रदीप पौडेल ९८४

२८. जीपछिरिङ लामा ९५५

२९. शोभाकर पराजुली ९१५

३०. चक्र बास्तोला ९१०

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु