Tuesday, 26 September 2017 01:16 pm, Nepal

इन्सपेक्टर कार्की र उनको प्रतिभा

मेचीकाली : 2010-11-20 15:38:58


–केदार तिमल्सिना

सधैभरी आफ्नो ड्युटीमा खटिरहने एक प्रहरी निरिक्षकले व्यस्त समयका बाबजुत पनि आफुमा रहेको प्रतिभालाई प्रस्फुटन गदै एक गिती एल्बम निकाल्न सफल भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक गोविन्दकुमार कार्कीले आफ्नो व्यस्त समयका बाबजुत पनि स्रोता, दर्शकहरु माझ आफुहरुले रचना गरेका गितहरुलाई एकै स्थानमा संग्रह गरी एल्बम निकाल्न सफल भएका हुन् ।

विक्रम सम्वत् २०२६ साल मंसिर १७ गते भक्तपुर गुन्डु– ५ कार्कीगाउँमा बुबा तिलक बहादुर र आमा मुना कार्कीका ५ छोराको रुपमा जन्म लिएका कार्कीले ‘समृद्वि’ नामक सोलो एल्बम बजारमा ल्याएका छन् । २०५४ सालमा प्रहरी सहायक निरिक्षकबाट जागिरे जीवनमा प्रवेश गरेका कार्की, २०६४ सालमा प्रहरी निरिक्षक भएका थिए । कामको सिलसिलामा कार्की जिल्ला प्रहरी कार्यालय काभ्रे, अञ्चल प्रहरी वागमती, उपत्यका ट्राफिक प्रहरी, गोरखा, महोत्तरी लगायतका जिल्लामा पुगेका कार्की २०५४ सालमा मिसनको क्रममा इराक पुगेका थिए ।

उनले त्याहाँ करिव १६ महिना काम गरी नेपाल फर्केका थिए । प्रहरी निरिक्षक भएपछि उनी अञ्चल प्रहरी कार्यालय जनकपुरमा खटिएकमा थिए । उनी २०६५ सालमा मिसनका लागि पूर्वी टिमोरको राजधानी डिल्लीमा ट्राफिक इन्चार्जको काम गरेका थिए । उनले त्याँहा रहँदा १५ देशका इन्टेरनेशनल पुलिसको कमाण्डरको रुपमा काम गरेका थिए । कामको सन्दर्भमा विभिन्न जिल्लामा पुगेका प्रहरी निरिक्षक कार्कीले करिव ८०÷९० वटा गित लेखिसकेका छन् । कार्कीले लेखेका गितहरु मध्ये ३५ वटा जति गित रेकर्डिङ हुन बाँकी छ ।

कार्कीले पहिलो एल्बमको रुपमा बजारमा ल्याएको ‘समृद्वि’ नामक एल्बममा पावल राईको संगित रहेको छ । कार्कीको ‘पत्तै भएन किन मलाई फ्याकिदियौँ यसरी, म त उडिरहेछु चुडिएको चंगा सरी’ बोलको पहिलो गित चर्चित गायक रामकृष्ण ढकालले गाएका थिए । कार्कीद्वारा रचिएको यो पहिलो गित हो । २०६३ सालमा रेकर्ड भएको उक्त गितले उनलाई चिनाउन धेरै मद्दत गरेको थियो ।

‘म पहिलेदेखि नै गित लेख्नमा रुचि राख्ने गर्दथे, कतिपय चलचित्रका निर्देशकहरुले मलाई गित लेख्न आग्रह पनि प्रहरीको जागिर र समयको अभावले मैले गित लेख्न सकिने’ कार्की थप्छन् । ‘गितमा हृदय होस्, जीवन होस्, जसले सुन्छ उसको भावना प्रतिनिधित्व गरोस्, सुन्दा आफ्नै जीवनको घटना सम्झियोस् ती गितहरु मात्रै वास्तवमै सबै स्रोता, दर्शकमा लोकप्रिय हुन्छन’–कार्कीले भने । आफुलाई  डा. कृष्णहरि बरालले जो सँग भावना छ, जो सँग मन छ, जसले शब्दहरु बुझ्न सक्छ उसले मात्रै गित लेख्न सक्छ, तिमीसँग त्यो सबै कुरा छ गित लेख भनेर  गित लेख्न आग्रह गरेको बताउने कार्की साहित्यकार राजबाबु श्रेष्ठले गित लेख्न प्रेरण प्रदान गरेको बताउँछन् ।

रातीको समय र बिहानको समयमा प्रायः गित लेख्ने गर्दछन् रे कार्की । ‘राती र बिहान लेखेको गितलाई फुर्सद भएको अरु समयमा मिलाउने गरेको छु । ‘हामी समाजमा देखिएका कुराहरुलाई गितमा उर्तान सक्छौ’ उनले भने । गित रेकर्ड भएको वर्ष दिन नपुग्दै कार्कीले परिवारलाई समेटेर श्रीमती अञ्जु कार्कीलाई उपहार प्रदान गर्ने निर्णय गरे ।

उक्त निर्णय अनुसार कार्कीले छोरीको नाममा एल्वम तयार गरी छोरा सम्राटजंग कार्कीको पहिलो प्रस्तुती रहेको आधुनिक गीति संग्रह ‘समृद्धि’ सार्वजनिक गरे । ‘समृद्धि’मा यम बराल, पावल राई, रामकृष्ण ढकाल, अञ्जु पन्त, उदय सोताङ, सुरेश कुमार, शिशिर योगी, अञ्जना गुरुङले स्वर दिएका छन् । ‘मैले लेखेको र शिशिर योगीले गाएको ‘म एउटा जिउँदो लाश भएर बाँचेको छु’ गीत सुनेर एकजना व्यक्ति मलाई भेट्न आएका थिए’ कार्कीले स्मरण गदै भने । ‘उसले मलाई झुस्स दाह्री पालेको, बैरागी खालको होला भन्ने सोचेका रहेछन्, पछि मलाई देखेपछि उनी छक्क परे’ कार्कीले भने ।

कतिपय मानिसहरुले दाह्री काटेका, सुकिला र बोल्दै थर्काउने स्वभावका कार्कीलाई देखेर उनले नै सिर्जना गरेका गित पनि अर्काले सिर्जना गरेको ठान्ने गरेको कार्की बताउँछन् । एक जना प्रहरीकै एआईजीले त कार्कीले रचेको गितलाई उसले नलेखी उनकोे श्रीमती अञ्जुले लेखेको समेत भनेका थिए रे ।

‘मेरो हरेक सुःख, दुःखमा श्रीमती अञ्जुले साथ दिएकोले उनलाई उपहार स्वरुप एउटा गिती एल्बम उपहार दिएँ’ कार्कीले थपे । ‘लुगा, गरगहना दिउँ भने फाटेर जान्छ तर मेरो कृति फाटेर नजाने भएकाले मैले उनलाई उपहार स्वरुप एल्बम निकालेको हुँ’ उनले भने । उनले लेखेका प्राय ः सबैजसो गितहरु नाम चलेका गायक, गायिकाहरु यम बराल, उदय सोत्तान, अञ्जु पन्त, रामकृष्ण ढकाल, पावल राई, अञ्जना गुरुङ लगायतकाले गाएका छन् ।

कार्कीले नै लेखेको ‘म मरेको बेला तिमीले नरुनु, मेरो लाशलाई पनि तिमीले नछुनु’ बोलको गित पनि रेकर्डिङ भइसेको छ । कार्कीले रियाज म्युजिक मार्फत बजारमा ल्याएको ‘समृद्वि’ तीन हजार क्यासेट बिक्री भएको बताउँछन् । कार्कीले रचना गरेको हरेक गितमा सबैको पिडा उल्लेख भएको पाइन्छ ।

कतिपय अवस्थामा घरमा बाबुु, आमाको श्राद्ध हुँदा समेत ड्युटी छाडेर जान नमिल्ने गरेको कार्की बताउँछन् । ‘बिदा तथा कहिलेकाँहि घरमा गएको समयमा समेत कँहि केहि घटना घट्यो की भन्ने मनमा डर भइरहन्छ’ उनले भने । लामो समयपछि परिवारका सदस्यलाई कतै घुम्न जाने समय मिलाएर तयारी हुन भनेपनि दुर्घटना भएका स्थानतर्फ जानु पर्छ । त्यहि कारण घरमा कहिलेकाँही परिवारका सदस्यसँग बोलचालै बन्द हुने गरेको छ ।

कार्कीले ५ वर्षको प्रेमपछि २०५२ सालमा बिवाह बन्धनमा बााधिएका थिए । १८ वर्ष देश र जनताको शान्ति सुरक्षामा खटिएका कार्की अहिलेसम्म प्रहरीको ड्रेसमा घर नगएको दावी गर्छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु