Tuesday, 26 September 2017 01:10 pm, Nepal

सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा

मेचीकाली : 2010-12-29 09:38:08


subiकाठमाडौं– पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन साहित्यकार सुबिसुधा आचार्यको ‘फ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी साहित्यकार सुबिसुधाको यसभन्दा अगाडि ‘अग्नियुद्घ’ र ‘रहस्यमय भोगाइ’ कथासङ्ग्रह लगायत अन्य विधाका सात वटा पुस्तकहरू समेत प्रकाशित भैसकेका छन् ।‘फ्रन्टपेज’ कथासङ्ग्रहका बहुसङ्ख्यक कथाले नारी स्वर, नारी चेतना, नारी स्वायत्तता र स्वालम्बनका अवधारणा समेटेका छन् ।
शुद्घ, सरल र रसमय भाषामा विविध रूप र रङको सजीव चित्रण, संवादको सहज–स्वाभाविक एवम् जीवन्त प्रयोगले कथाहरू प्रष्ट र बोधगम्य बनेका छन् । काव्यसुधा डट कमले प्रकाशन गरेको यस पुस्तकमा रोचक एक दर्जन कथाहरू संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु