Sunday, 19 November 2017 07:59 pm, Nepal

एक सय एक काभ्रेली श्रष्टाको कविता संग्रह लोकार्पण

मेचीकाली : 2011-03-17 18:15:34


panautiपनौती, ३ चैत : काभ्रेली भूमिमा जन्मिएर साहित्य क्षेत्रमा लागेका एक सय एक  काभ्रेली श्रष्टाहरुका कविताहरुको संग्रहको विहिबार पनौतीमा लोकार्पण भएको छ । पनौती साहित्य समाजको आयोजनामा समाजसेवी तथा कवि स्वर्गिय श्रीराम कर्माचार्यको आठौँ वार्षिक स्मृतिमा प्रकाशित काभ्रेली श्रष्टाहरुको कविता संग्रह एक सय एक कविता संग्रहको बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेलले लोकार्पण गरेका छन् । कार्यक्रममा बोल्दै बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार खरेलले पछिल्लो समयमा तन्नेरीहरु साहित्यमा सक्रिय भएर लागेको बताए ।
 उनले लोकार्पण भएको एक सय एक कविताको कविता संग्रह राम्रो र साहित्य क्षेत्रमा कोसेढुङ्गा सावित हुने धारणा राखे । खरेलले पनौँती, बनेपाका साथै काभ्रे जिल्ला नै साहित्यको उर्वर भूमि रहेको बताए ।
कार्यक्रममा स्वर्गिय श्रीराम कर्माचार्यकी पत्नी जगतमायाँ कर्माचार्यले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र पनौतीलाई पनौती नगरपालिका–११ मा रहेको दुई आना जग्गा प्रदान गर्ने प्रतिवद्धता पत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा बरिष्ठ पत्रकार हरि अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, साहित्यकार मोहन दुवाल लगायतका व्यक्तिले काभ्रेको साहित्य क्षेत्रको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कवयत्री सरस्वती चिमौरिया, विश्व सिग्देल, तारा केसी, मञ्जुलाल श्रेष्ठ लगायतका व्यक्तिहरुले कविता वाचन गरेका थिए । कार्यक्रम पनौती साहित्य समाजका अध्यक्ष सूर्यप्रसाद लाकोँजूको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो विषयका प्रतिक्रियाहरु

kamal Kuikel:Aug 3, 2011 02:47:28 PM

वास्तवमा काभ्रेको भूमीमा नै नेपाली वाङ्मयका सच्चा पहरेदारहरुको उद्गम स्थल हो । जसले समग्र भाषा, संस्कृति, कलालाई जीवन्तता दिन सहयोगीको भुमिका खेलको छ ।

कृष्ण गोपाल श्रेष्ठ \:Mar 18, 2011 09:09:47 AM

समाचार सुन्न पाउदा सारै खुशी लाग्यो एती ठुला ठुला कबि संग आफ्नो कविता प्रकासन गर्न पाउदा मलाई पनि सारै खुशी लागेयको छ कृष्ण गोपाल श्रेष्ठ \"फशी\" पनौती -२ सुब्बागाउ हाल पुल्च्वोक मो .९८४१२७३०९४

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु