Sunday, 17 December 2017 08:05 am, Nepal

गरिब सुधार मञ्च

नेपालमा २ लाख भन्दा बढी सडक बालबालिका छन् । राजधानी काठमाडौंमा सबैभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक विभिन्न निकायले र्सार्वजनिक गरेका छन् । राजधानी काठमाडौंबाट नजिकै रहेको शहर बनेपामा पनि थुप्रै सडक बालबालिका छन् । आफ्ना भन्ने कोही नभएपछि उनीहरु सडकमै दिनरात विताउँछन्, फोहोर खानेकुरा खान्छन् र फोहोरमै सुत्छन् । भोक मेटाउन डेन्ड्राइट प्रयोग गर्न र अन्य लागु पदार्थको नशामा भुल्न बाध्य छन् उनीहरु । सयौंको संख्यामा रहेका ती बालबालिकाको लागि खाना, शिक्षा र उनीहरुको स्वास्थ्यको हेरचाह गर्ने कोही छैन । यस्ता सडक बालबालिकालाई खानेबस्ने वन्दोबस्त मिलाउन, उनीहरुलाई पढाउन र स्वास्थ्य लगायतका अत्यावश्यक सहयोग गर्न गरिब सुधार मञ्च नामक संस्था २०६६ साल माघ ४ गते स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेमा १२८१ नंवर दर्ता रहेको यो संस्था बनेपा-६ काभ्रेमा रहेको छ ।