काभ्रेमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, साढे ३ लाख रुपैयाँ बरामद


काभ्रेमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, साढे ३ लाख रुपैयाँ बरामद
मेचीकाली , 

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ सुनथानबाट प्रहरीले जुवा (तास) खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४५ हजार रुपैयाँ र तीन गड्डी तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार (कात्तिक २१ गते) बिहान करिब १२:१५ बजे पनौती नगरपालिका–९ सुनथानस्थित सुरेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरी चौकी पनौतीबाट टोली खटिएको थियो।

प्रहरी टोलीले उक्त स्थानमा पुगेर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा घरधनी ४१ वर्षीय सुरेश कुमार श्रेष्ठसहित ४९ वर्षीय लक्ष्मण हुमागाईं, ३५ वर्षीय सुशिल राई, ३३ वर्षीय चन्द्र कार्की, ५४ वर्षीय नातिराम केसी र ५५ वर्षीय मनोज बानियाँ रहेका छन्।

प्रहरीले घटनास्थलबाट तीन गड्डी तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बनेपा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रतिक्रिया



थप समाचारहरु