लगातार तेस्रो वर्ष जनस्वास्थ्य कार्यालय काभ्रे बागमतीमै प्रथम, आयुर्वेद पनि उत्कृष्ट बन्ने लयमा


लगातार तेस्रो वर्ष जनस्वास्थ्य कार्यालय काभ्रे बागमतीमै प्रथम, आयुर्वेद पनि उत्कृष्ट बन्ने लयमा
मेचीकाली , 

काभ्रे । बागमती प्रदेशका १३ जिल्लामध्ये जनस्वास्थ्य कार्यालय काभ्रेले कार्यसम्पादन मूल्यांकनमा लगातार तेस्रो वर्ष पहिलो स्थान हासिल गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्यांकनमा पनि काभ्रे प्रदेशकै उत्कृष्ट जिल्ला जनस्वास्थ्य कार्यालय बनेको हो। यस उपलब्धिका लागि आज हेटौंडामा आयोजित एक समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री करिण थापा मगरले प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

कार्यालयले यस सफलतालाई कर्मचारीको मेहनत, समर्पण र सामूहिक प्रयासको परिणाम भनेको छ। जिल्लाका स्थानीय तह, सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायको योगदानले उपलब्धि हासिल भएको कार्यालयले जनाएको छ।

यसैबीच, काभ्रेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पनि कार्यसम्पादन मूल्यांकनमा सुधार गरेको छ। आर्थिक वर्ष २०८२/८३ को मूल्यांकनमा चिकित्सालय बागमती प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमध्ये तेस्रो भएको छ। गत आर्थिक वर्षमा चौथो स्थानमा रहेको चिकित्सालयले यस वर्ष एक स्थान सुधार गरेको हो। यसअघिका वर्षमा भने चिकित्सालय उत्कृष्ट १० भित्रसमेत पर्न सकेको थिएन।

हेटौंडामा सम्पन्न स्वास्थ्य कार्यक्रमहरुको एकीकृत वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य सेवाका सूचकहरु, कार्यसम्पादन तथा प्रस्तुतिकरणसमेतको मुल्यांकनको आधारमा उत्कृष्ट स्वास्थ्य कार्यालय चयन भएका हुन् । 



प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो विपी राजमार्ग