एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित


एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित
मेचीकाली , 

काठमाडौं  । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीको जितमा डार्सी शर्ट र आसिफ शेखले महत्त्वपूर्ण योगदान दिए । आक्रामक ब्याटिङ गरेका शर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए । आसिफले ३२ रन जोड्दै टोलीको जित सहज बनाए । बलिङमा सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीको कसिलो बलिङसामु टिक्न सकेन । टोली १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ जैबले १३ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ३ विकेट झार्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउनबाट रोके । त्यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले समान १–१ विकेट लिए ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई सस्तैमा समेटेको लुम्बिनीले ब्याटिङमा पनि आक्रामकता देखाउँदै प्रतियोगितामा आफ्नो उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको छ ।


प्रतिक्रिया



थप समाचारहरु