बेथानचोक गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम


मेचीकाली

बेथानचोक गाउँपालिकाको गाउँसभामा बेथानचोक गाउँपालिका अध्यक्ष  श्री भगवान अधिकारी ज्यूबाट प्रस्तुत आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम

उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्ष ज्यूहरु, गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु एवं उपस्थित महानुभावहरु,

नेपालको संविधान, २०७२ बमोजिम संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको अभिलाषा पूरा गर्ने उद्देश्यका साथ संघ, प्रदेश र स्थानीय तहको सरकारले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरिसकेको छ । २०७९ बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई स्थानीय सरकारको दोस्रो कार्यकालको सुरुवाती चरणमा बेथानचोक गाउँपालिकाको तेहौँ गाउँसभामा हामी उपस्थित भएका छौँ । अध्यक्षको हैसियतले यस गरिमामय गाउँसभामा आगामी आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशीको अनुभूति गरेको छु ।

नेपाली जनताको लामो त्याग, तपस्या तथा बलिदानीको परिणाम स्वरुप प्राप्त लोकतन्त्रको उपभोगका लागि स्थापित स्थानीय सरकार अन्तर्गत हाम्रो सरकारले लिएको मूलमन्त्र ‘समृद्ध बेथानचोक, सुखी बेथानचोकबासी’को दीर्घकालीन सोच प्राप्त गर्न सहयोग गर्ने सहयोगी हातहरुलाई यस गौरवपूर्ण अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगोशान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा सहित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नका लागि पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदान गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।

बढ्दो व्यापार घाटा, उच्च आयात, कमजोर निर्यात बजार, उच्च मुद्धा स्फीति, नकरात्मक संचित कोष तथा पूर्तीजन्य अवरोधको कारण उत्पादन तथा उत्पादकत्वमा कमी, आर्थिक मन्दीको संकेतले  नेपालको समग्र अर्थतन्त्र र कार्यप्रणालीलाई जोखिमको अवस्थामा धकेलेको छ । राजश्व संकलनमा कमी तथा वैदेशिक सहायतामा अपेक्षित सहयोग नहुँदा संघबाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदानमा प्रतिवद्धता बमोजिम निकासा नहुँदा हाम्रो सरकार व्यापक बजेट घाटामा रहेको छ । यस्तो जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थालाई आत्मसात् गर्दै थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउनका लागि प्रतिवद्ध भई आगामी आ.व. ०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

संविधानबाट प्राप्त अधिकार, अनुसूची ८ मा भएको संवैधानिक व्यवस्था अनुरुपका २२ प्रकारका स्थानीय तहको अधिकार अनुसार स्थानीय सरकारको नीति तथा कार्यक्रम, ऐन, नियम, योजना तर्जुमा तथा बजेट व्यवस्था गर्ने जिम्मेवारी एवं कर्तव्य स्थानीय सरकारको हो । सम्पूर्ण बेथानचोक बासीहरुमा सुशासन विकास र समृद्धिको प्रत्याभूति गराउने, जनताको सुख र समृद्धिका लागि आ.व. ०८०÷०८१ को गाउँपालिकाको समग्र नीति तथा कार्यक्रम एवं बजेट व्यवस्था गरी कार्यान्वयनमा ल्याउने ऐतिहासिक दिनमा हामी उपस्थित भएका छौँ ।

संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई दिगो शान्ति, स्थायित्व, विकास, समृद्धि, सामाजिक न्याय र समाजवाद तर्फ अघि बढ्ने आधार दिएको छ । आम बेथानचोकवासीको परिवर्तनको चाहाना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोलेको छ । यो बजेट नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाले अवलम्बन गरेको समृद्ध बेथानचोक सुखी बेथानचोकवासी निर्माणको आधारशिला तयार गर्न सामाजिक न्याय सहितको बहुआयामिक विकासलाई तीव्र रुपमा अगाडि बढाउने जमर्को गरिएको छ ।

नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम स्थानीय सरकारको क्षेत्राधिकार अनुरुप वित्तीय संघीयतालाई प्रभावकारी र दिगो बनाउन सम्भाव्य स्रोतको परिचालन, दक्षतापूर्ण बाँडफाँड तथा उच्चतम उपयोग गर्न विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीय अनुशासनको त्रिकोणात्मक संयोजन कायम गर्नु परेको छ । आर्थिक तथा सामाजिक पूर्वाधारको विकास गर्दै गरिबीको रेखामुनी रहेका एवं विभेद र वहिष्करणमा परेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदाय लगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा संवोधन गर्न उपलब्ध स्रोत रसाधनलाई उच्चतम उपयोग गर्ने प्रयास गरिएको छ ।

नवीन लोकतान्त्रिक मूल्य मान्यताले राजनीतिक लोकतन्त्रका अतिरिक्त लोकतन्त्रमा सामाजीकीकरण गर्नुपर्ने माग प्रवल बन्दै छ । लोकतन्त्र उपभोग्य त्यतिबेला हुन्छ, जब यसलाई समृद्धिले टेवा दिन सकिन्छ भन्ने कुरामा हामी सचेत छौँ । यसैलाई ध्यानमा राख्दै नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, दिगो विकास लक्ष्य (२०१६–२०३०), पन्ध्रौँ योजना, नेपाल सरकार तथाप्रदेश सरकारका नीति तथा कार्यक्रम, बेथानचोक गाउँपालिका तथा गाउँसभाबाट पारित ऐन, नियमावली तथा कार्यविधिहरु, स्थानीय तहकोयोजना तर्जुमा दिग्दर्शन तथा प्रचलित कानून तथा मापदण्डलाई आधार बनाई “पब्लिक भ्वाईस र पब्लिक च्वाइस” लाई मूल मन्त्र मान्दै यो नीति तथा कार्यक्रम तय गरिएको छ ।

आयोजना व्यवस्थापन सम्बन्धी नीति

प्रभावकारी आयोजना व्यवस्थापन प्रणालीका लागि आयोजनाहरुको प्रोजेक्ट बैंक तयार गरिनेछ र प्रदेश तथा संघको सहकार्यमा आयोजना कार्यान्वयन गरिनेछ ।

नतिजामूलक अनुगमन प्रणालीका लागि सरोकारवाला, जनप्रतिनिधि तथा प्राविधिक टिमको सहभागीतामा सहभागीतामूलक अनुगमन प्रणाली अवलम्बन गरिनेछ ।

आयोजनाको गुणस्तरीयताका लागि २० लाख भन्दा माथिका आयोजनाको हकमा गुणस्तरीय परीक्षण अनिवार्य गरिनेछ ।

आयोेजनाबाट प्राप्त नतिजाको प्रभावकारीताको मापनको लागि सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई विधिको प्रभावकारी उपयोग गरिनेछ ।

सुशासन प्रवद्र्धन सम्बन्धी नीति

गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सुधारका कार्यक्रम संचालन गरिनेछ । गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउन डिजिटल नागरिक वडापत्र संचालनमा ल्याइनेछ । सूचना तथा जानकारीहरुलाई नागरिकहरु समक्ष पु¥याउन फेसबुक पेज तथा वेबसाइटलाई नियमित अपडेट गरिनेछ ।

गाउँपालिकाको कार्य प्रणालीलाई सुरक्षित, पारदर्शी र थप व्यवस्थित बनाउन वडा कार्यालयहरुमा समेत क्रमशः डिजिटल प्रविधि जडान गरिनेछ ।

संस्थागत क्षमता विकास मार्फत सेवा प्रवाहमा चुस्तता ल्याउन जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिइनेछ । यसका लागि तालिम, प्रशिक्षण तथा अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।

सेवा प्रवाहमा समावेशीता तथासमतामूलक व्यवहारको लागि ँष्चकत ऋयmभ ँष्चकत क्भचखष्अभ  मात्र होइन ीबकत ऋयmभ ँष्चकत क्भचखष्अभ को नीति पनि अवलम्बन गरिनेछ । यसबाट अशक्त, अपाङ्गता, भौगोलिक विकट क्षेत्रमा रहने सेवाग्राही लाभान्वित हुनेछन् ।

स्थानीय सरकारलाई छुन सकिने सरकार, देखिने सरकारको अनुभूति दिन ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षको उपस्थितिमा प्रत्येक वडामा अन्तरसंवाद मार्फत गुनासो व्यवस्थापन गरिनेछ ।

गाउँपालिका भित्र शान्ति सुरक्षा कायम गर्न, गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख गर्न गाउँ प्रहरीको गठन गरिनेछ ।

बेथानचोकका मुख्य–मुख्य चोकमा हुन सक्ने सम्भावित दुर्घटना तथा चोरी नियन्त्रण गर्न ऋऋत्ख् जडान गरिनेछ ।

स्थानीय तहको संस्थागत क्षमता मूल्यांकलन ीक्ष्क्ब् र वित्तीय सुशासन जोखिम मूल्यांकन च्च्ब्ए संचालन गरी प्रक्रिया जोखिम एचयअभकक च्ष्कप,  परिणाम जोखिम ९च्भकगति च्ष्कप०, भ्रष्टाचार जोखिम ९ऋयचचउतष्यल च्ष्कप० मा न्यूनीकरण गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । 

स्थानीय विकास व्यवस्थापन र वातावरणीय तथा सरसफाई अभियानलाई सफल बनाउन टोल विकास संस्था विकास गर्न प्रोत्साहित गरिनेछ ।

यस बेथानचोक गाउँपालिकाको कार्यविधि बन्नु अघि निर्माण भएका घरलाई ३५ दिने सूचना निकाली अभिलेखीकरणको कार्य अगाडी बढाइनेछ ।

बेथानचोक गाउँपालिकाको समग्र बाटोको मापदण्ड निर्धारण गरी विकास गतिविधि अगाडी बढाइनेछ ।

बेथानचोक गाउँपालिकामा विगत लामो समयदेखि भोगचलन गरी रहेका जग्गा छुट दर्ता प्रक्रिया अगाडी बढाउन आवश्यक पहल गरिनेछ ।

विपद व्यवस्थापन तथा जलवायू परिवर्तन सम्बन्धी नीति

जलवायू परिवर्तन मौन विश्वव्यापी संकटको रुपमा देखा पर्दैछ । जलवायू परिवर्तन अनुकूल क्षमता अभिवृद्धि तथा प्रतिकूल प्रभाव न्यूनीकरणका लागि साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।

जलवायू परिवर्तनसँग जुध्नका लागि तथा जलवायू सम्बन्धी कार्यक्रममा समन्वयका लागि ीयअब िब्मबउतबतष्यल एबिलतक ायच ब्अतष्यल ९ीब्एब्० तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

विपद् जोखिम पूर्वानुमान, पूर्वतयारी, पूतिकार्य र पुर्नलाभ सम्बन्धी क्षमता विकासका लागि जिल्ला सुरक्षा समितिको सहयोगमा आवश्यक तालिम कार्यक्रम संंचालन गरी  ँथिष्लन क्त्रगबम  को निर्माण गरिनेछ । 

आयोजनाको पहिचान, तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकनमा विपद जोखिमका सम्बन्धमा विचार पु¥याइनेछ ।

विपद न्यूनीकरणका लागि भू–संवेदनशील जोखिम क्षेत्रको नक्शाङ्कन गरी आवश्यक योजना बनाइनेछ र प्रदेश तथा संघको सहकार्यमा कार्यक्रम संचालन गरिनेछ । यसबाट पार्थली पहिरो तथा गुवाभञ्ज्याङ्ग पहिरो रोकथाममा सहयोग पुग्ने आशा लिएको छु ।

भनिन्छ, विपद बाजा बजाएर आउँदैन तसर्थ विपदसँग लड्नका लागि प्रकोप व्यवस्थापन कोषमा थप रकम व्यवस्थित गरिनेछ ।

राजश्व नीति 

करको दायरा बढाई राजश्व संकलन अभिवृद्धि गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम संचालन मार्फत व्यवसाय दर्ताको संख्या बढाइनेछ ।

वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई प्रभावकारी बनाउन ‘व्यवसाय कर तिरौँ, विकास कार्यमा सरिक हौँ’ भन्ने नाराका साथ वडा समितिर टोल विकास संस्थाहरुलाई अभिवृद्धिकरण सहित शशक्त बनाई परिचालित गरिनेछ ।

बेथानचोक गाउँपालिका भित्र अव्यवस्थित रुपमा सञ्चालित खानीहरु बन्द गरिनेछ । संभावित खानी क्षेत्रमा खानी संचालनका लागि वातावरणीय प्रभाव मूल्यांकनको आधारमा दर्ता भएका खानीलाई व्यवसाय दर्ता गरी संचालन गर्न प्रोत्साहित गरिनेछ ।

बेथानचोक गाउँपालिकालाई देशको समृद्ध आर्थिक एकाईको रुपमा विकास गर्न आयआर्जन क्षमता बढाइनेछ । यो वर्षबाट बेथानचोक नारायणस्थान पर्यटन प्रवेश शुल्क उठाइनेछ ।

स्रोत परिचालन र व्यवस्थापनमा बेथानचोक गाउँपालिकालाई सक्षम र आत्मनिर्भर बनाउन प्रचलित कानून बमोजिम लगाउन सकिने सबै स्रोतहरुको वास्तविक पहिचान, विश्लेषण तथा राजश्व सम्भाव्यताको विस्तृत अध्ययन गरिनेछ ।

ग्रेनाइड, ढुंगा, रोडा, स्लेट, वालुवा लगायत खानीजन्य उद्योगहरुलाई प्रोत्साहित गरिनेछ ।

स्वास्थ्य नीति 

विश्वव्यापी रुपमा बढ्दै गएको नसर्ने रोग मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणका लागि ४० वर्ष माथिका सबै नागरिकहरुको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ्ग गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।

गर्भवती सुत्केरी र २ वर्ष मुनिका बालबालिकाहरुको पोषणका लागि समुदाय स्तरमा कार्यक्रम संचालन गरिनेछ ।

समुदायस्तरमा देखिन सक्ने महामारीजन्य तथा अन्य रोग नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा समुदायको माग बमोजिम आवश्यकताका आधारमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

६० वर्ष पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घ सेवा सम्मान सहित विदाई गरिनेछ ।

जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास तथा वैकल्पिक उर्जाको व्यवस्था गरी स्वास्थ्य संस्थाबाट २४ सै घण्टा सेवा दिन सकिने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।

ढुंखर्क स्वास्थ्य चौकीको स्तरउन्नति भई निर्माण सम्पन्न भवनमा ५ वेडको अस्पताल शुरु गरिनेछ । यसका लागि आवश्यक दक्ष जनशक्ति तथा स्वास्थ्य उपकरणको व्यवस्था मिलाइनेछ ।

घरमा सुत्केरी हुने दरलाई शून्यमा पु¥याउन समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम बेथानचोकवासीको सहज र सरल पहुँचको व्यवस्था मिलाइनेछ । अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिई सहज आपूर्तिको व्यवस्था मिलाइनेछ ।

प्राकृतिक प्रकोप तथा महामारीको समयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उच्च मनोबल कायम राख्न आवश्यक सेवा सुविधाको व्यवस्थापन गरिनेछ ।

सबै स्वास्थ्य संस्थाबाट मानसिक रोग तथा मनोसामाजिक परामर्श सेवा शुरुगरिनेछ ।

स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न आवश्यक विभिन्न तालिमहरु संचालन गरिनेछ ।

नागरिक आरोग्य सेवालाई विस्तार गर्दै लगिनेछ ।

नागरिकहरुको रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि परम्परागत तथा आयूर्वेद चिकित्सा पद्धति एवं योगको प्रवद्र्धन गर्दै स्थानीय जडिबुटी तथा औषधीजन्य खाद्य पदार्थको उत्पादनका लागि प्रोत्साहित गरिनेछ ।

‘उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय’ भने जस्तै जेष्ठ नागरिकहरुको रोगको समयमै पहिचान र रोकथाम गरी जीवनको रक्षाको लागि ‘गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत ६० वर्ष पुगेका नागरिकहरुलाई निःशुल्क होल बडी स्वास्थ्य परीक्षण गरिनेछ ।

बेथानचोक स्वास्थ्य संस्थाभित्र नियमित स्वास्थ्य परीक्षण गरी रहेका महिला दिदीबहिनीहरुलाई बेथानचोक बाहिरका अस्पतालमा गएर सुत्केरी गराउनु पर्ने अवस्था भएमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

कृषि तथा पशु सम्बन्धी नीति 

युवालाई कृषिमा प्रोत्साहन गर्न बेथानचोक गाउँपालिकाभित्रको कृषि योग्य जमीनको पहिचान गरी नमूना कृषि फर्मलाई उत्पादनका आधारमा अनुदान वितरण गरिनेछ ।

कृषिमा विविधिकरण तथा व्यवसायीकरणका लागि प्रयोगशालादेखि खेतसम्म ज्ञानको हस्तान्तरण ीबद तय ीबलम कार्यक्रम मार्फत नयाँ आविष्कार भएका कृषि औजारलाई सार्वजनिक, नीजि साझेदारी मार्फत कृषकको खेतमा पु¥याइने व्यवस्था मिलाइनेछ ।

हरेक किसानसँगै ‘माटोको स्वास्थ्य परीक्षण कार्य’ क्यष् िज्भबतिज ऋबचम मार्फत माटोको अम्लीयपन, खनिज पदार्थको अवस्थाको आधारमा कृषि प्राविधिकबाट रासायनिक मल÷कृषि चुनको समानुपातिक प्रयोग गर्न सिकाउने व्यवस्था मिलाइनेछ ।

कृषि उद्यमशीलतालाई प्रवद्र्धन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराइने व्यवस्था मिलाइनेछ ।

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न उत्कृष्ट कृषकलाई सामाजिक सम्मानको व्यवस्था मिलाइनेछ ।

गाउँपालिकाभित्र कृषि सामग्रीको दीर्घकालीन संरक्षणका लागि साझेदारीमा महांकालस्थान कृषि चिस्यान केन्द्रको स्थापना गर्ने नीति लिइनेछ ।

बेथानचोक गाउँपालिकामा कृषि क्षेत्रको विविधिकरणका लागि समग्र बेथानचोक गाउँपालिकालाई चिया, कफी, सुन्तला, कागती, आलुवखडा पकेट क्षेत्रको रुपमा विकसित गरिने नीति लिइनेछ । जसअन्तर्गत सिताके च्याउ पकेट (बेथानचोक–३), सुन्तला पकेट (बेथानचोक–४), मौरीपालन पकेट (बेथानचोक–१), भैँसीपालन पकेट (बेथानचोक–१), चिया पकेट (बेथानचोक–५), कागती पकेट (बेथानचोक–६), तरकारी पकेट (बेथानचोक–२ र ३) रहनेछ ।

विपद, महामारीका कारण कृषि तथा पशुपालन व्यवसायमा हुने क्षतिभरणका लागि बाली बिमा र पशु बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

समग्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन मूल विउ उत्पादन क्षेत्र निर्माण, उन्नत बिउविजन वितरण, सिड बैंक स्थापनाको नीति लिइनेछ ।

बेथानचोकभित्र रहेका बाँझो जमीनको उपयोग बढाउन भूमि बैंकको अवधारणा अगाडि बढाइएको छ ।

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न तथा बाल्य अवस्थाबाट नै कृषिमा उद्यमशिलता बढाउन ‘एक मा.वि. विद्यालय एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिनेछ ।

समग्र बेथानचोकको उर्वराशक्तिलाई विचार गरी पुष्प खेतीलाई प्रवद्र्धन गरिनेछ ।

माटोको उर्वराशक्तिलाई कायम राखिराख्न प्राङ्गारिक खेती प्रवद्र्धन तथा रोग, किरा व्यवस्थापन गर्ने नीति लिइनेछ ।

बेथानचोकको समस्याको रुपमा रहेको बाँदर र बँदेल जस्ता वन्यजन्तु नियन्त्रण गर्न मोलासेस घाँस तथा ट्रि मिथाइन एमाइन विषादीको उपयोग गर्ने व्यवस्था मिलाइनेछ ।

कोरली पाडी हुर्काउने कृषकहरुको लागि पशु व्याएपछि जन्मदर्ताको आधारमा सुत्केरी स्याहार भत्ता प्रदान गरिनेछ ।

निःशुल्क रुपमा कृत्रिम पशु गर्भाधान कार्यक्रम (निःशुल्क एआई) सञ्चालन गर्नका लागि आवश्यक सामग्री, तरल नाइट्रोजन खरिद तथा व्यवस्थापन साथै सबै वडाहरुमा ट्रेबिज स्थापना गरिनेछ ।

गोठ तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

पशु स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत लामो समयदेखि पशुमा देखिएका ठूला–ठूला समस्याहरुको पहिचान तथा निराकरण गर्नका निम्ति पशुविज्ञहरुको उपस्थितिमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

६ वटै वडाहरुमा आधुनिक तथा व्यवसायिक पशुपालन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

आकस्मिक रोग नियन्त्रण कार्यक्रम अन्तर्गत विभिन्न समयमा पशुपंछीमा देखिने आकस्मिक रोगहरु जस्तैः लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक औषधी तथा खोप खरिद गरी रोग नियन्त्रण गरिनेछ ।

औषधी खरिद तथा उपचार सेवा अन्तर्गत विभिन्न रोग विरुद्धका औषधीहरु खरिद गरी निःशुल्क रुपमा औषधी वितरण तथा कृषकहरुको घरदैलोमा उपचार सेवा प्रदान गरिनेछ ।

कृषकहरुलाई व्यवसायिक बाख्रापालन तालिम प्रदान गरी बाख्रा पालन व्यवसायलाई आम्दानीको स्रोतको रुपमा व्यवसायीकरण गरिनेछ ।

तथ्यांक संकलन कार्यक्रम अन्तर्गत यस गाउँपालिकाभित्रका सम्पूर्ण कृषकहरुको घरघरमा गई पशुपंछी तथा माछाको तथ्यांक संकलन गरिनेछ ।

पर्यटन नीति

बेथानचोकको भौगोलिक सुन्दरता, कृषि वालीका कारण देखिने सुन्दरताको उपयोग गर्न यस बेथानचोकमा भ्रमण गर्न प्रोत्साहित गर्न प्रचारप्रसार गर्दै ब्नचय तयगचष्कm, भअय(तयगचष्कm को प्रवद्र्धन गरिनेछ

गाउँपालिकाभित्र संचालनमा रहेका होटल, रिसोर्ट, होमस्टेहरुको प्रभावकारी नियमन गर्दै यिनलाई आन्तरिक तथा वाह्रय पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधारको रुपमा विकास गरिनेछ ।

बेथानचोकको धार्मिक, साँस्कृतिक, ऐतिहासिक वस्तुको संरक्षण तथा प्रवद्र्धन गर्न बेथानचोक म्युजियमको स्थापना गर्ने नीति लिइनेछ ।

समग्र बेथानचोकको पर्यटन मार्फत आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउन राष्ट्रिय तथा विदेशी शहरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रयत्न गरिनेछ ।

‘बेथानचोक विकासको आधार पर्यटन र पूर्वाधार’ भन्ने नारालाई सार्थक बनाउन बेथानचोक नारायणस्थान मन्दिर, कपेर महांकाल मन्दिर, कपेर महांकाल ऐतिहासिक गढी, गुम्बुडाँडा, तीनतले झरना, क्षेत्रपाल महांकाल, भैरव अल्कापुरी, तीनधारा झरना, शान्ति महांकाल, पट्गाउँडाँडा, कामीडाँडा, भुग्देउ महांकाल, कालीदेवी मन्दिर, तिलेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर,शिव पार्वती गुफा, गजराज थुम्का पदमार्ग लगायत ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन गरी प्रचारप्रसार मार्फत बाह्य तथा आन्तरिक पर्यटक आकर्षिक गरिनेछ । बेथानचोक नारायणस्थान जानका लागि नीजि क्षेत्रको सहकार्यमा केवलकारको थप संभाव्यता अध्ययन गरिनेछ ।

सम्मेलन मार्फत पर्यटन प्रवद्र्धन गर्न ‘साहित्यिक महोत्सव कार्यक्रम’ गरिनेछ भने बेथानचोकको मौलिक उत्पादनको ब्रान्डिङलाई प्रमोशन र प्रवद्र्धन गर्न यस आर्थिक वर्षमा बेथानचोक महोत्सवको आयोजना गरिनेछ ।

प्रभावकारी यातायात व्यवस्थापनका लागि नीति क्षेत्रसँगको सहकार्यमा बेथानचोकको मौलिकता झल्कने गरी बेथानचोक सफारीको व्यवस्था मिलाइनेछ ।

शिक्षा नीति

गाउँ शिक्षा समितिको नेतृत्वमा एक कार्यदल गठन गरी सबै सामुदायिक विद्यालयहरुको स्थलगत अवलोकन मार्फत विद्यालयहरुको आवश्यकताको प्राथमिकीकरण गरी सबै विद्यालयहरुको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय विकासको रणनीतिक योजना निर्माण गरिनेछ ।

गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको पठन–पाठनमा एकरुपमा कायम गर्न स्थानीय विषयको पाठ्यक्रम कार्यान्वयनमा ल्याइनेछ । ऐच्छिक विषयहरुमा एकरुपमा ल्याई मूल्यांकन प्रणालीमा समेत एकरुपमा ल्याइने नीति अवलम्बन गरिनेछ ।

गाउँपालिकामाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष कार्यसम्पादन मूल्यांकन गरी सोही आधारमा विद्यालयहरुलाई अनुदान दिने व्यवस्था मिलाइनेछ ।

विद्यालयको शिक्षण सिकाइमा प्रभावकारीताका लागि शिक्षकहरुलाई कक्षाकोठामा सुपरीवेक्षक वा स्रोत शिक्षक मार्फत समयसमयमा कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गर्न नियमित सुपरीवेक्षण प्रणालीको विकास गरिनेछ ।

प्रविधिमैत्री शिक्षण सिकाई आजको आवश्यकता हो । सोका लागि गाउँपालिकाभित्र सञ्चालित विद्यालयका शिक्षकहरुको लागि आधारभूत क्ष्ऋत् तालिम सञ्चालन गरी आगामी ४ वर्षभित्र ‘साझेदारीमा एक शिक्षक एक ल्याप्टप कार्यक्रम’ लागु गरिनेछ ।

गाउँपालिकाभित्र सामुदायिक माध्यमिक विद्यालयहरुमध्ये पाइलट प्रोजेक्टको रुपमा कुनै एक विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने शैक्षिक नीति बनाइनेछ । क्रमशः एक वडाका एउटा विद्यालय मार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइनेछ ।

कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने शैक्षिक नीति बनाइनेछ । क्रमशः एक वडाका एउटा विद्यालय मार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइनेछ ।

गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुबाट तहगत वार्षिक परीक्षामा सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने बालबालिकाहरुलाई पढाईमा थप प्रोत्साहनका लागि पुरस्कृत गरिनेछ ।

बेथानचोक गाउँपालिकाको शिक्षालाई प्रोत्साहन गर्न व्यवस्थापन, मानविकी, विज्ञान, इञ्जिनियरिङ्ग संकाय अन्तर्गत र स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति स्वरुप रु.५००००।– (पचास हजार) प्रदान गरिनेछ ।यसबाट विद्यार्थीहरुको उत्प्रेरणा बढ्ने आशा लिएको छु ।

यस बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरी ःद्यद्यक् अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक रु.२०००००।– (दुई लाख) छात्रवृत्ति प्रदान गरिनेछ ।

गाउँपालिकाको अनुमतिमा सञ्चालनमा रहेका प्राविधिक विद्यालयलाई स्तरोन्नति गर्ने साथै उक्त विद्यालयलाई बहुप्राविधिक विद्यालयको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ ।

विद्यालयको शैक्षिक गुणस्तर विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकाले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको पढाईप्रति र विद्यालयप्रति आफ्नो भूमिकाको जानकारी गराउन सामुदायिक विद्यालय अभिभावक सचेतना कार्यक्रम संचालन गरिनेछ ।

शून्य दरबन्दी भएका विद्यालयहरुलाई विगतमा यस गाउँपालिकामार्फत उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिएको छु ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाले आफ्नो छुट्टै शिक्षा कार्यविधि निर्माण गरी वैज्ञानिक आधारमा गाउँपालिकाभित्र शिक्षक सरुवा तथा शिक्षक दरबन्दी मिलान गरिनेछ ।

गाउँपालिकाभित्र हुने करार शिक्षक नियुक्तिमा एकरुपताका लागि एकमुस्ट रुपमा शिक्षकको विज्ञापन गरी नियुक्ति प्रक्रिया अगाडि बढाइनेछ । यसले गर्दा विद्यालयको शिक्षक नियुक्ति लागतमा कमी आउनेछ ।

‘हप्ताको शुक्रबार, अतिरिक्त क्रियाकलापको विस्तार’ अन्तर्गत सीपमूलक शिक्षा र अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति लिईनेछ । हरेक शुक्रबार व्यवहारिक सीप सिकाईमा जोड दिइनेछ ।

बेथानचोक गाउँपालिकाको बारेमा स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई प्रति शोधपत्र रु.१०००००।– (एक लाख) सहयोग प्रदान गरिनेछ । यसबाट देशविदेशसम्म गाउँपालिकाको प्रचारप्रसार हुने अपेक्षा गरेको छु ।

राज्यको नीति पनि ठूला तथा सुविधा सम्पन्न विद्यालय बनाउने रहेकाले भूगोल, विद्यार्थी संख्या, विद्यालयको भौतिक सुविधा र विद्यार्थीको पहूँचलाई मध्यनजर गरी विद्यालय गाभ्ने वा कक्षा तह घटाउने नीति अवलम्बन गरिनेछ । यसका लागि ठूला विद्यालयलाई सुविधा सम्पन्न बनाउने, आवासीय रुपमा विकास गर्ने, यातायात साधनको व्यवस्था गर्ने प्रयत्न गरिनेछ ।

मूल्यांकनलाई व्यवस्थित एवं एकरुपमा कायम गर्न शिक्षा शाखाको नेतृत्वमा गाउँपालिका स्तरीय परीक्षा सञ्चालन तथा अनुगमन समिति निर्माण गरी परिचालन गरिनेछ ।

विद्यालय, शिक्षक र गाउँपालिकाबीचको सम्बन्ध सुमधुर बनाउन र शिक्षकलाई जिम्मेवारीप्रति थप प्रेरित गर्न प्रत्येक वडामा वर्षकोएकपटक‘शिक्षासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम’ वडागत रुपमा सञ्चालन गरिनेछ ।

बेथानचोकको ग्रामीण भेगमा रहेका विद्यालयहरुमा शिक्षक अभावको समस्या न्यूनीकरणका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न ‘अध्यक्षसँग युवा विद्यार्थी’ तथा ‘घुम्ती शिक्षक कार्यक्रम’ संचालन गरिनेछ ।

शिक्षामा नवीन प्रविधियुक्त युवा जनशक्तिआकर्षित गर्न ५० वर्ष उमेर पूरा भएका शिक्षक अवकाश भएमा निश्चित प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।

पूर्वाधार विकास नीति

पूर्वाधार संरचनाले उत्पादन प्रक्रियालाई सरलीकरण गरी अर्थतन्त्रको लागत घटाउँछ । उत्पादन र उपभोगबीचको सम्बन्ध सजिलो बनाउँछ । यसको गुणात्मक प्रभावले अर्थतन्त्रका अन्य आयाम कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रलाई चलायमान बनाउँछ । यसै पृष्ठभूमिमा रहेर गत आ.व. को कार्यक्रम प्रत्येक वर्ष बेथानचोक गाउँपालिकाभित्र ‘५ कि.मि. सडक कालोपत्रे तथा ढलान’ गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

सार्वजनिक सम्पत्तिका रुपमा रहने सार्वजनिक जग्गा, सार्वजनिक भवनको अभिलेख राखी संरक्षण गरिनेछ । यसका लागि सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समिति गठन गरी कार्य अगाडि बढाइनेछ ।

उज्यालो बेथानचोक अभियानलाई सफल बनाउन बेथानचोकका मुख्य सडकहरुमा सोलार बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

बेथानचोक–१, च्याम्राङवेशी प्रकोप जोखिमयुक्त भूमीको ख्याल राखी दुर्लुङखोला–च्याम्राङवेशी सुरुङ मार्गको थप संभाव्यता अध्ययन गरिनेछ । काठमाडौं विश्वविद्यालयको सहकार्यमा बेथानचोकलाई प्राज्ञिक स्थलको रुपमा विकास गरिनेछ ।

समग्र बेथानचोकको आर्थिक, सामाजिक, मानव विकासमा सकारात्मक प्रभाव पार्ने गरी बेथानचोक गौरवको आयोजना सञ्चालन गरिनेछ । बेथानचोक केवलकार, दुर्लुङखोला–च्याम्राङवेशी सुरुङ मार्ग, बेथानचोक पर्यापर्यटन, बाघद्धार खोला बहुउद्देश्यीय ताल निर्माण, बेथानचोक एकीकृत शहरी विकास कार्यक्रम, तिनतले झरना, शिव गुफा, ब्राम्हण डाँँडा, कपेर महांकाल, तिलेश्वर महोदव, बेथानचोक नारायणस्थान, पनौती– खोपासी–ढुंखर्क–च्याम्राङवेशी– सुकुमफेदी –फापरबारी सडक, खोपासी– तालढुंगा अन्तर्गत मदनवास– भङ्गला–खाल्टे– गोल्माकोट सडक, तिपचोक–पार्थली सडक, छत्रे–धर्मशाला–पट्गाउँडाँडा–भञ्ज्याङखर्क सडक, हस्पिटलचोक– गैरीभञ्ज्याङ–ल ोसे–थलीडाँडासडक, भञ्ज्याङखर्क– गोलगाउँ– भुग्देउ सडक, टोड्के– भञ्ज्याङ– सि उरानी–थिङछाप खेलमैदान मेदाम्सु सडक, च्याम्राङवेशी– छ्याङछ्याङ सडक, लाकुरी भञ्ज्याङ्ग– पौवा छिर्के दाहाल भञ्ज्याङ्ग सडक, मेदाम्सु– थापाडाँडा– कोप्तिल– तीनधारे सडक, ढाड– खुट्टापुच्छर– चनौटे–गेल्डुङ सडक, लड्कुखोला करिडोर, गणेशस्थान– सिक्रिघ्याङ– भञ्ज्याङ्गखर्क– कुनेखर्क– गोल्माकोट सडक आदि आयोजनालाई गौरवका आयोजनाका रुपमा प्रदेश तथा संघसँग समन्वय गरी संचालन गरिनेछ ।

शहरी विकासका लागि बेथानचोक गाउँपालिकाको सडक मापदण्डमा नपरेका सडकमा बजेट विनियोजन नगर्ने नीति लिइनेछ ।

सडकमा बजेट विनियोजन गर्दा ड्रेन सहितको संरचना हुनेगरी आयोजना सञ्चालन गरिने व्यवस्था मिलाइनेछ ।

सहकारी संघीयताको मूलमर्मलाई आत्मसात्गर्दै समन्वय, सहकार्य, सहअस्तित्वलाई स्वीकार गरी छिमेकी स्थानीय तह पनौती, रोशी, खानीखोला, महांकाल, नमोबुद्धसँग संयुक्त लगानीमा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

सरकारी तथा गैरसरकारी संस्थाबाट संचालन हुने सभासम्मेलन मार्फत पर्यटन प्रवद्र्धन गर्न बेथानचोक सभाहलको निर्माण कार्य यसै आ.व. मा थालनी गरिनेछ ।

सेवा प्रवाहमा सहजताका लागि समग्र बेथानचोकको धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने गरी बेथानचोक गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालिनेछ ।

युवा लक्षित कार्यक्रम अन्तर्गत व्यायामशाला सञ्चालनका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

बेथानचोकको कृषि, उद्योग तथा पर्यटन क्षेत्रमा ठूला लगानी भित्र्याउनकालागि आवश्यक पूर्वाधार बाटो, बिजुली, खानेपानीको व्यवस्था मिलाइनेछ ।

हिन्दू तथा बौद्ध धर्मको अध्ययन अनुसन्धान गर्न आगामी ४ वर्षभित्र लक्ष्मीनारायण मन्दिर र पट्गाउँवेशी गुम्बामा आवश्यक व्यवस्था मिलाइनेछ ।

आर्थिक विकासको मुख्य आधारको रुपमा रहेको उद्योगलाई प्रवद्र्धन गर्न यसै आ.व.भित्र गुवाभञ्ज्याङ (सोलाडाँडा) मा औद्योगिक ग्रामको निर्माण कार्य थालनी गरिनेछ ।

व्यवस्थित शहर, दीगो शहर तथा टिकाउ योग्य शहरकालागि बेथानचोकको गौरवको रुपमा बेथानचोक २ र ३ मा एकीकृत शहरी बस्ती विकास योजना शुरु गरिनेछ ।

बेथानचोक गाउँपालिकालाई स्मार्ट भिलेजको रुपमा विकास गर्न नीजि क्षेत्र, संघीय सरकार तथाप्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ ।

सामाजिक विकास तथा समावेशीकरण सम्बन्धी नीति 

बेथानचोकमा प्रचलित धार्मिक, साँस्कृतिक, ऐतिहासिक पर्व, मेलाको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।

‘समुन्नत र समृद्ध बेथानचोकको आधार, महिला क्षमताको विकास’ भन्ने सोचलाई मूर्तरुप दिन गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरण साथै उद्यमशिलता विकास गर्न ‘उपाध्यक्षसँग महिला पहिलाकार्यक्रम’ संचालन गरिनेछ ।

‘आहातलाई राहत’ भन्ने मान्यतालाई आत्मसात् गर्दै विपद्मा परेका जटिल प्रकृतिका रोग लागेकालाई सामाजिक संरक्षणको जीवनचक्र सिद्धान्त अन्तर्गत ‘वडाध्यक्ष मार्फत विपद सहयोग’कार्यक्रम अगाडि बढाईनेछ । 

‘समृद्धिका लागि युवाको क्रियाशिलता, हातमा सीप र दिमागमा उद्यमशिलता’ मार्फत उत्पादनका आधारमा अनुदान दिई युवाद्धारा उत्पादित वस्तुलाई ब्रान्डीङको लागि सहयोग गरिनेछ ।

समाजमा रहेका कुरीति, कुसंस्कार,जातीय विभेद, अन्धविश्वास, लैङ्गिक हिंसा, दाइजोप्रथा विरुद्ध कानूनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

आर्थिक रुपमा विपन्न महिला, दलित, जनजाति, एकल महिलालाई सीपमूलक तालिम संचालन गरी आत्मनिर्भर बन्न प्रेरित गरिनेछ ।

सार्वजनिक भवन अपांगमैत्री, बालमैत्री एवम् महिलामैत्री बनाउँदै लगिनेछ ।

अपांगता भएका व्यक्तिहरुका लागि नेतृत्व विकास, क्षमता विकास सम्बन्धी तालिम तथा सीपमूलक कार्यक्रम संचालन गरिनेछ ।

‘अध्यक्षसँग वृद्धवृद्धा कार्यक्रम’ अन्तर्गत गाउँपालिकास्तरीय जेष्ठ नागरिक मिलान केन्द्र स्थापना गरीसञ्चालन गरिनेछ ।

‘अध्यक्षसँग बालबालिका कार्यक्रम’ संचालन गरिनेछ ।

लैंगिक उत्तरदायी बजेट प्रणाली लागू गरी लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा जोड दिइनेछ ।

समविकास तालिम मार्फत महिलापुरुषबीच पारिवारिक एवं व्यवसायिक जीवनबीचको सन्तुलन कायम गर्न पुरुषको भूमिका बढाउन र महिलाको कार्यबोझ घटाउन प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिनेछ ।

गाउँपालिका तथा सबै वडा कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरिनेछ ।

महिला सशक्तिकरण, मूलप्रवाहीकरण र समावेशीकरण गर्न शोषण र विभेदलाई हटाउन विभिन्न नीति निर्माण एवं कार्यक्रम बनाई लागू गरिनेछ ।

बालमैत्री स्थानीय शासनलाई प्राथमिकताका साथ लागू गरी कार्यान्वयन गरिनेछ ।

बालबालिकाको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्न सबै माध्यमिक विद्यालयहरुमा त्रैमासिक रुपमा भित्तेपत्रिका प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ ।

लैंगिक हिंसा निवारण कोषलाई थप व्यवस्थित गर्दै लगिनेछ ।

बालकोषको स्थापना तथा सञ्चालन गरिनेछ ।

विभेद, दूव्र्यवहार, हिंसा, वञ्चितिकरण, शोषण, अपहेलना लगायत बालबालिकालाई हानी पु¥याउने सबै अवस्थाबाट जोगाई बालबालिकाको संरक्षण, संवद्र्धन तथा समग्र हितको निमित्त विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

आमाबाबु विहिन बालबालिकालाई शिक्षामा सहयोग गर्न झोला, स्टेशनरी सामान, छाता, विद्यालय पोसाक आदि वितरण गरिनेछ ।

खेलकुद सम्बन्धी नीति

खेलकुदको माध्यमबाट बेथानचोकलाई चिनाउनका लागि ‘एक वडा एक खेल मैदान’ निर्माण शुरु गरिनेछ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित राष्ट्रिय खेल भलिबललाई प्राथमिकता दिई विगत वर्षमा भएका खेलकुद कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रम सञ्चालन गरिनेछ ।

बेथानचोक गाउँपालिकाबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सहभागी हुन जाने खेलाडीहरुलाई प्रोत्साहन गरिनेछ ।

राष्ट्रिय खेललाई विद्यालय तहसम्म नियमित प्रशिक्षण सहित संचालन गरिनेछ ।

बेथानचोक गाउँपालिकाभित्र सम्भावना रहेका खेलहरुलाई बाह्य प्रशिक्षकको प्रशिक्षणमा राखी जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सहभागी गराइनेछ ।

शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्न शिक्षा, युवा तथा खेलकुद शाखा गठन गरी कार्यक्रम अगाडि बढाइनेछ ।

वन तथा वातावरण सम्बन्धी नीति

वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई कार्यान्वयन गर्न झाडी फँडानी गरी पाइलट प्रोजेक्टका रुपमा फलफूल तथा जडीबुटी वृक्षारोपण गरिनेछ ।

पानीको मूल संरक्षण गर्न सामुदायिक वन भित्र रिचार्ज पोखरीको निर्माण गरिनेछ ।

बेथानचोक गाउँपालिकाभित्र रहेका विभिन्न जडीबुटीको पहिचान र संरक्षण गर्न वनस्पति विज्ञ झिकाईअध्ययन अनुसन्धान गराइनेछ ।

सामुदायिक वनको संचालनलाई प्रभावकारी बनाउन सामुदायिक वन कार्ययोजनाको निर्माण, कार्यान्वयन, अनुगमनका लागि विशेष व्यवस्था गरिनेछ ।

सामुदायिक वनभित्र बोटानिकल गार्डेन निर्माण गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।

सडक पेटीमा वृक्षारोपण गरी हरियाली क्षेत्रको रुपमा विकास गरिनेछ ।

प्रभावकारी तथा वातावरणमैत्री फोहोरमैला व्यवस्थापनका लागि गाउँपालिका स्तरीय फोहोर व्यवस्थापन केन्द्र निर्माण कार्य अगाडि बढाइनेछ ।

सहकारी सम्बन्धी नीति

सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई अनुसरण गर्नसबै सहकारी संस्थाहरुलाई अभिप्रेरित गरिनेछ ।

लैंगिक दृष्टिकोणले पछि परेका सहकारीमा आवद्ध महिलाहरुलाई एकल तथा सामुहिक रुपमा उद्योग व्यवसाय सञ्चालन गर्ने क्षमता विकासका लागि आवश्यक पर्ने व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गरिनेछ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तको प्रवद्र्धन गर्न तथा सहकारी संघ संस्थाहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउन गैर नाफामूलक सहकारी संस्थाहरुको गठनलाई प्रोत्साहन गरिनेछ ।

सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरुको गुणस्तर र क्षमता अभिवृद्धिमा विशेष जोड दिइनेछ ।

आफूले दुःख जिलो गरी सहकारीमा बचत गरेको रकम हिनामिना हुने गरेको देशभरको समस्यालाई मध्यनजर गरी यस गाउँपालिकाभित्र त्यस्तो स्थिति आउन नदिन संचालनमा रहेका सबै सहकारी संस्थाहरुको वित्तीय अवस्था अध्ययन तथा अनुगमन गरिनेछ ।

न्यायिक समिति सम्बन्धी नीति

गरिब, असहाय तथा पछाडि परेका व्यक्तिहरुलाई निःशुल्क कानूनी परामर्श तथा सहयोग उपलब्ध गराइनेछ । सो का लागि जिल्ला अदालत र बार इकाईसँग समन्वय गरिनेछ ।

समुदायमा न्यायिक समितिको पहुँच विस्तार गरिनेछ ।

न्यायिक समितिका कामकारबाही तथा अभ्यास आदानप्रदान सम्बन्धी अन्तरपालिका अध्ययन अवलोकन भ्रमण कार्यक्रम राखिनेछ ।

नयाँ मुलुकी संहिता र न्यायिक समिति सम्बन्धी सरोकारवालाहरुबीच गाउँपालिका स्तरीय कार्यक्रम संचालन गरिनेछ ।

न्यायिक समितिबाट भएका निर्णय÷मेलमिलापमा भएका विवादहरुको कार्यान्वयन गर्न आवश्यक ऐन÷नियम निर्माण गरी लागू गरिनेछ ।

जटिल प्रकृतिका कानूनी समस्यालाई समाधान गर्न आवश्यकता अनुसार कानूनी विज्ञद्वारा सल्लाह, परामर्श सेवा लिई कानूनी प्रश्न तथा समस्याको समाधान गरिनेछ ।

योग्यता, दक्षताको आधारमा मेलमिलापकर्ता सूचीकृत गरी आवश्यकताका आधारमा तालिम संचालन गरिनेछ । राज्य स्रोतबाट तलबभत्ता खाने बहालवाला शिक्षक कर्मचारीलाई यसै वर्षबाट मेलमिलापकर्तामा सूचीकृत गरिनेछैन ।

माथि उल्लेखित नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्न यस आ.व. रु.६०६९४०३३९।१५ (साठी करोड उनान्सत्तरी लाख चालिस हजार तीन सय उनान्चालिस रुपैयाँ पन्ध्र पैसा)को बजेट विनियोजन भएको छ । प्रदेश तथा संघ सरकारको सहयोग तथा समन्वयमा यस आ.व. ०८०÷०८१ मा जम्मा रु.२२८४६८०००।– (बाइस करोड चौरासी लाख अड्सठ्ठी हजार) बजेट विनियोजन भएको जानकारी गराउन चाहान्छु ।

अन्तिममा यो नीति कार्यक्रमको केन्द्रविन्दुमा जनता हुनेछन् । यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि सहकार्य र समन्वय आवश्यक छ । यसको प्रभावकारी कार्यान्वयनको लागि सबैको अर्थपूर्ण सहभागीता हुनेमा विश्वस्त छु । यो नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सभाका सदस्यज्यूहरु, विषयगत समितिका पदाधिकारी, वुद्धिजिवी, समाजसेवी, राजनीतिकदलका प्रतिनिधि, शिक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै नीति तथा कार्यक्रम अनुसार यस बेथानचोक गाउँपालिकालाई ‘समृद्ध बेथानचोक, सुखी बेथानचोकवासी’ को पथमा हिँड्न सबैलाई आव्हान गर्दछु ।

धन्यवाद !

भगवान अधिकारी

बेथानचोक गाउँपालिका

मिति : २०८०/०३/१०


प्रतिक्रिया



थप समाचारहरु