गरिमा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम : ट्राफिकलाई कम्प्युटर


मेचीकाली

काभ्रे– गरिमा विकास बंैकको बनेपा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकलाई कम्प्यूटर हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बीच बैंकको तर्फबाट शाखा प्रबन्धक उमेश राज गिरीले जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख विकास कुमार तामाङलाई कम्प्यूटर हस्तान्तरण गरे ।  स्याङ्जाको वालिङ बाट सुरुवात भएको बैंकको केन्द्रिय कार्यालय लाजिम्पाटमा रही देशैभरी १ सय २३ वटा शाखा, १ वटा एक्स्टेन्सन काउन्टर र ५१ वटा एटीम मेसिन सहित करीव ८ लाख २५ हजार भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्दै आईरहेको छ । 

बैंकले काभे्रको मुटु बनेपाको चारदोबाटोमा रहेको बनेपा शाखाले काभे्र, भक्तपुर, सिन्धुपाल्चोक क्षेत्रका ग्राहकहरुलाई  चुस्त दुरुस्त सेवा प्रबाह गर्दै आईरहेको जानकारी शाखा प्रबन्धक गिरीले दिए । उक्त बैंकले नाफामुखी मात्र नभई समाजमा हित हुने सामाजिक उत्तरदायित्वका कामहरु देशैभरीबाट गर्दै आईरहेको छ ।

यस सहकार्यले जिल्ला भरी भएका ट्राफिक नियम उल्लंघनको रेकर्ड, राजश्व संकलन तथा अन्य कार्यालयको प्रशाशनिक कामकाजमा सहजता हुने जिल्ला ट्राफिक प्रमुख तामाङले जानकारी गराउदै गरिमा विकास बैकको बनेपा शाखालाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु