काभ्रे महोत्सव भोलीदेखि, सबै तयारी पुरा


मेचीकाली

बनेपा-भोलीदेखि बनेपामा सुरु हुने काभ्रे महोत्सवको तयारी पुरा भएको छ । 

महोत्सवको भोली असोज ३ बिहान ११ः३० बजे उग्रेश्वर मन्दिर परिसरमा बागमति प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नेछन् । त्यसअघि बनेपा नगरपालिका परिक्रमाको कार्यक्रम राखिएको मेला मुल आयोजक समितिका संयोजक एवं काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले जानकारी दिए ।

व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ हुन लागेको महोत्सव असोज १५ गतेसम्म चल्नेछ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्नको लागि स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिए । महोत्सवमा १ सय ९ वटा स्टल रहनेछन् । महोत्वस अवधिभर १ करोड बराबरको कारोवार हुने संघको अनुमान छ । 

महोत्सवको अवसरमा विद्यालयस्तरीय नृत्य प्रतियोगितासमेत राखिएको छ भने हरेक दिन राष्ट्रिस्तरका कलाकारहरुको प्रस्तुतिसमेत रहनेछ । 


प्रतिक्रिया



थप समाचारहरु