पाँचखाल -स्थानीय उद्धमी महिलाहरूको सक्रियतामा स्थापित संस्था श्री देविथान महिला समुहको आयोजनामा पाँचखाल महिला उद्धमी प्रवर्द्धन तथा प्रदर्शनी महोत्सव २०८१ संचालन हुनेभएको छ।
महोत्सव पाँचखाल नगरपालिकास्थित बागबानी गेटमा भोलि आइतबार बिहान १० बजेदेखी सांझ ५ बजेसम्म संचालन हुनेछ। महोत्सवमा घरेलु उत्पादनहरुको प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी र नेपाली खाना महोत्सवका साथै कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहने छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ संचालन हुने उक्त महोत्सवको व्यवस्थापन भने तामाघाट युवा क्लबले गर्नेभएको छ।