पनौती-काभ्रे शिक्षा विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित काभ्रे इङ्गलिश माध्यमिक विद्यालय, पनौतीले २०८२ साल चैत २ गते सोमबार “काभ्रे शैक्षिक महोत्सव–२०८२ (Kavre Edu Carnival–2082)” भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ।
विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकास, सृजनशीलता तथा कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो।
महोत्सवमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन गरी पाँच विभागका शैक्षिक तथा व्यावहारिक प्रदर्शनी, प्रत्यक्ष कला प्रदर्शनी, अनुहार कला (Face Painting), पाककला प्रदर्शनी (Food Stall), हस्तकला प्रदर्शनी, ब्याण्ड प्रतियोगिता, गायन प्रतियोगिता तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू आकर्षणका रूपमा प्रस्तुत गरिएका थिए।
कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सीप, क्षमता, सिर्जनशीलता, प्रयोगात्मक ज्ञान तथा जीवनोपयोगी सिकाइ उपलब्धि सम्बन्धी विविध प्रदर्शनी प्रस्तुत गरी आफ्नो प्रतिभा र सिर्जनात्मकता उजागर गरेका थिए।
कार्यक्रमको समुद्घाटन शिक्षाविद् रामप्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख आकर्षणका रूपमा विद्यालयले सांगीतिक ब्याण्ड प्रतियोगिता तथा एकल गायन विधा अन्तर्गत “काभ्रे आइडल–२०८२” सञ्चालन गरेको थियो। उक्त प्रतियोगितामा निर्णायकको भूमिका चर्चित संगीतकर्मी बिक्रम सुवाल र सुरज थापाले निर्वाह गर्नुभएको थियो।साथै यो महोत्सवमा बनेपा हेल्थ केयर सङको सहकार्यमा उपस्थित सम्पूर्णको मधुमेह तथा प्रेसर सम्बन्धि परिक्षण गरिएको थियो ।
पनौती नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, पत्रकार तथा समाजसेवीलगायत करिब १६०० जनाको उत्साहपूर्ण उपस्थिति रहेको उक्त महोत्सवले सम्पूर्ण सहभागीहरूलाई उत्साहित बनाएको थियो।
कार्यक्रममा प्राप्त व्यापक सहभागिता, सकारात्मक प्रतिक्रिया तथा हौसलाले आगामी दिनमा पनि यस्ता विद्यार्थी–केन्द्रित, सिर्जनात्मक र शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिइने कुरा विद्यालयका प्रिन्सिपल बसन्त राज नेपालले बताउनुभयो।