विपी राजमार्ग दुई वर्षभित्र पुननिर्माण सम्पन्न गरिने


मेचीकाली

काभ्रेपलाञ्चोक– गत असोज दोस्रो साता रोसी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको विपी राजमार्ग पुननिर्माणको प्रक्रिया सुरु भएको छ । बाढीबाट पूर्ण रुपमा क्षति भएको विपी राजमार्गको २९ किलोमिटर सडक खण्डलाई चार प्याकेजमा (चार खण्ड) मा पुननिर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । नेपाल सरकारले क्षतिग्रस्त विपी राजमार्गको पुननिर्माणको लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा काम हुने भएको सडक डिभिजन भक्तपुरले जनाएको हो । सरकारले क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ पुननिर्माण हुने सडकमध्ये डालाबेशीदेखि चारसयबेशीसम्मको साढे आठ किलाबताउनुभयो । “डालाबेशीदेखि चारसयबेशीसम्मको सडक पुननिर्माणको लागि खानी÷कमलजीत÷एवान जेभी छनोट भएको छ, अबको एक साताभित्र उक्त निर्माण व्यवसायी कम्पनीसँग सम्झौता हुनेछ” सिडिई योगेशले भन्नुभयो । उहाँले उक्त सडक खण्डको साढे आठ किलोमिटर सडक पुननिर्माणको लागि निर्माण व्यवसायीले भ्याटसहित एक अर्ब ४२ करोड रुपियाँ कबोल गरेको बताउनुभयो । सिडिई योगेशले विपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकतर्फको चारसयबेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडक पुननिर्माणको लागि प्राविधिक मूल्याङ्कनको काम भईरहेको बताउनुभयो ।

डिभिजन सडक भक्तपुरले बाढीले क्षतिग्रस्त बनाएको काभ्रेपलाञ्चोकतर्फको वर्षेखोलादेखि डालाबेशी साढे पाँच किलोमिटर सडक खण्ड जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले गर्ने भएका छन् । “वर्षेखोला–डालाबेशी सडक खण्ड अन्र्तगत जाइकाले ३ दशमलव २ किलोमिटर पुननिर्माण गर्ने भएको छ भने २ दशमलव ३ किलोमिटर सडक नेपाल सरकार आफैले पुननिर्माण गर्नेछ” सिडिई योगेशले भन्नुभयो । जाइकाले विनियोजन गरेको रकमले साढे पाँच किलोमिटर सडक पुननिर्माण गर्न नपुग्ने भएका कारण उनीहरुले तीन दशमलव दुई किलोमिटर सडक मात्रै पुननिर्माण गर्ने भएको डिभिजन सडकले जनाएको हो । सिडिई योगेशले जाइकाले छोडेको दुई किलोमिटर सडकको ठेक्का डिभिजनले लगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बाढीले क्षति गरेको सिन्धुलीको नेपालथोकदेखि वर्षेखोलासम्मको चार किलोमिटर सडकको ठेक्का सडक डिभिजन खाल्टे सिन्धुलीले लगाएको र उक्त सडक खण्ड पनि सम्झौताका चरणमा रहेको बताउनुभयो । 

क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणको लागि नेपाल सरकारबाट आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ भने उक्त रकमबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब बजेट सुनिश्चितता आएको सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक डिभिजनले वर्षायाम सुरु हुन लागेकोले वर्षाअघि क्षतिग्रस्त राजमार्गको पुननिर्माणको काम सुरु नहुने जनाएको छ । कार्यालयले आगामी वर्षको वर्षायामअघि पुननिर्माण गरिने सडक खण्डमा पर्खाल लगाउनेलगायतका कामहरु सम्पन्न गरी कालोपत्रेको काम बाँकी राख्ने लक्ष्यका साथ कामलाई तीव्रता दिने सिडिई योगेशले बताउनुभयो । सडक डिभिजनले भकुण्डेदेखि नेपालथोकसम्मको पुननिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउनेछ । 

वर्षायाममा यातायात अवरुद्ध हुन नदिने प्रयास 

सडक डिभिजन भक्तपुरले आगामी वर्षायाममा बाढीबाट क्षति भई अस्थायी रुपमा सञ्चालन गरिएको विपी राजमार्ग अवरोध हुन नदिनका लागि विभिन्न उपायहरु अपनाएको छ । सडक डिभिजनले बाढीले क्षति गरेको राजमार्गलाई अस्थायी रुपमा सञ्चालनमा ल्याएको छ भने वर्षाका कारण आउने बाढीले अस्थायी सडक क्षति हुन नदिनका लागि सडकलाई पहिलाको उचाईका अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको जनाएको छ । सिडिई योगेशले अहिले अस्थायी रुपमा निर्माण गरिएको सडक गत असोज भन्दा अगाडीको बाढीले क्षति गर्न नसक्ने भएपनि असोजको जस्तो वर्षा र बाढी आएको खण्डमा उक्त सडक नजोगिने बताउनुभयो । “ठुलो वर्षा र बाढी आएको खण्डमा सडक जोगिन्छ भन्ने छैन तर हामीले बाढीले क्षति गर्न सक्ने चौकीडाँडा, कटुञ्जेबेशी, मङ्गलटार, माम्तीमा हुन सक्ने क्षति रोक्नका लागि ग्याबिन जालीको पर्खाल खोलाका ठुला बोल्डर ल्याएर राखेका छौँ” सिडिई योगेशले थप्न्ुभयो । सडक डिभिजनले वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउनका लागि सडक पुननिर्माणको लागि ठेक्का लागेको सडक खण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डिभिजनले डोजर, ट्रिपर, लोडरलगायतका सात वटा उपकरणहरु तयारी अवस्थामा राख्ने जनाएको छ ।  

बैकल्पिक मार्गको छैन भर 

आगामी वर्षायाममा बाढीले क्षति गरी अस्थायी रुपमा सञ्चालनमा आएको विपी राजमार्गमा पुनः क्षति गर्न सक्ने र राजमार्ग अवरुद्ध हुने संसय पैदा भएको छ । वर्षायाममा विपी राजमार्ग अवरुद्ध भएको खण्डमा पूर्वी पहाडी र तराईका जिल्ला आवतजावतको लागि छोटो बैकल्पिक सडक कुन प्रयोग गर्ने भन्ने चिन्तासमेत परेको छ । विपी राजमार्गको बैकल्पिक सडकको रुपमा विपी राजमार्गकै भकुण्डे–तेमाल–मेच्छेपौवा–सिन्दुरेटारहुँदै मध्यपहाडी जोड्ने सडकलाई अघि सारिएको छ । भकुण्डेदेखि मध्यपहाडीसम्म नै कच्ची, उकालो, र सिङ्गल लेन र मोडहरु सडक भएकोले उक्त सडकमा सार्वजनिक यातायातका ठुला साधन चल्न नसक्ने निष्कर्ष निकालिएको छ । “भकुण्डे–तेमाल–मेच्छेपौवा–सिन्दुरेटारहुँदै मध्यपहाडी जोड्न सकिने सडक खण्डमा ठुला सवारी चल्न मुश्किल भएको उक्त सडकमा आकस्मिक (एम्बुलेन्स) लगायतका साना सवारी साधन मात्रै चल्न सक्ने देखिन्छ” सडक डिभिजन भक्तपुरका प्रमुख सिडिई योगेशले भन्नुभयो । 

ट्राफिक प्रहरीले सडक डिभिजनले बैकल्पिक मार्गको रुपमा अघि बढाएको ग्रामीण कच्ची सडक खण्डलाई बैकल्पिक मार्गको रुपमा सञ्चालन गराउन नसक्ने जनाउँदै आएको छ । विपी राजमार्गको बैकल्पिक मार्गको रुपमा अघि सारिएको सडकमा सवारी सञ्चालन गराउन नसकिएको खण्डमा अन्य सडक प्रयोग गर्नुपर्ने देखिन्छ । विपी राजमार्ग अवरुद्ध भएको खण्डमा विपी राजमार्गको खुर्कोटबाट रामेछापको मन्थली, दोलखाको चरिकोटहुँदै अरनिको रामजार्ग अन्र्तगत खाडीचौरहुँदै काठमाडौँ आउन सक्नेछन् भने तराईका जिल्लाबाट आउने यात्रुले मदनभण्डारी राजमार्ग हेटौँडा हुँदै काठमाडौँ अथा त्रिभुवन राजपथहुँदै काठमाडौँ आउन सक्नेछन् । 


प्रतिक्रिया



थप समाचारहरु