कर्मचारी अभाव भएपछि आलोपालो प्रणालीमा सेवा प्रवाह


मेचीकाली

धुलिखेल– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीको चाप बढेपछि कोभिडको डर देखाउँदै जिल्लाका स्थानीय तहलाई आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै पुस १५ गतेबाट लागु हुने गरी जिल्लामा रहेका स्थानीय तहका सेवाग्राहीलाई आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने जनाएको हो । आज (बिहिबार) बाट आलोपालो प्रणालीमा सेवा प्रवाह हुने भनेपनि तमु ल्होसारका काण सार्वजनिक बिदा परेका कारण भोलि (शुक्रबार) बाट मात्रै आलोपालो प्रणालीमा सेवा प्रवाह हुने कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आईतबार र बुधबार जिल्लाको धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका,चौरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिका, सोमबार र बिहिबार जिल्लाको पनौती, पाँचखाल नगरपालिका, भुम्लु र रोशी गाउँपालिका तथा मङ्गलबार र शुक्रबार जिल्लाको बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासन कार्यालयले भौगोलिक रुपमा विकट जिल्लाको डाँडापारी क्षेत्रको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिकलाई भने हरेक दिन सेवा प्रवाह गरिने जनाएको छ । कार्यालयमा दैनिक रुपमा नयाँ नागरिकता लिनको लागि एक सय भन्दा धेरै सेवाग्राहीको भिड बढेपछि कोरोनाको नयाँ भेरियन्टको बढ्दो सङ्क्रमणबाट बच्नको लागि स्थानीय तहहरुलाई आलोप्रणालीमा सेवा प्रवाह गर्ने निर्णय गरेको काभ्रेका प्रम्ुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । 

३३ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेमा हाल सात जना कर्मचारीको दरबन्दी खाली रहेका कारण कार्यालयमा कार्यरत कर्मचारीबाट दैनिक ८० वटा भन्दा बढी नागरिकता प्रदान गर्न नसक्ने भएपछि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यालयमा दुई जना प्रमुख प्रशासकिय अधिकृत, चार जना नायव सुब्बा र एक जना खरिदारको दरबन्दी खाली रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु