बागमती प्रदेशमा सबैभन्दा बढी लागु औषध प्रयोगकर्ता


मेचीकाली

काभ्रेपलाञ्चोक– सरकारले विभिन्न कार्यक्रमको आयोजना गर्दै ‘लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ मूल नाराका साथ लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाउन सुरु गरेको छ । सरकारले मङ्गलबारदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाउन सुरु गरेको हो । यृह मन्त्रालय अन्र्तगतको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा मुख्य औषधि नियन्त्रण अधिकारी सह–सचिव रुद्रादेवी शर्माले सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाउन सुरु गरेको बताउनुभयो । उहाँले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसारलाई रोक्नको लागि विभिन्न कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।  लागु औषध नियन्त्रण ब्यूरो काठडमाडौँका प्रहरी उपरीक्षक चक्रराज जोशीले नेपालमा लागु औषध प्रयोगकर्ताहरुको सङ्ख्या एक लाख ३० हजार ४२५ रहेको बताउनुभयो । उहाँले हालसम्म देखिएको लागु औषध प्रयोगकर्ताहरुमध्ये एक लाख २१ हजार ६९२ पुरुष र आठ हजार ७३२ महिला रहेको बताउनुभयो ।
उहाँका अनुसार नेपालका सात प्रदेशहरुमध्ये बागमती प्रदेशमा ४६ हजार ४८०, कोशी प्रदेशमा २७ हजार ६०५, मधेश प्रदेशमा १५ हजार ८४३ जना, गण्डकी प्रदेशमा आठ हजार ९५६ जना लागु औषध प्रयोग कर्ता रहेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेशमा २५ हजार ९३० जना, कर्णाली प्रदेशमा एक हजार ८११ जना र सुदुरपश्चिम प्रदेशमा तीन हजार ८०८ लागु औषध प्रयोगकर्ता रहेको बताउनुभयो । नेपालमा रहेका कुल लागु औषध प्रयोकर्ताहरुमध्ये सबैभन्दा बढी ३५ प्रतिशत व्यक्ति २५ देखि २९ वर्ष उमेर समूहभित्रका रहेका छन् । गृह मन्त्रालयले २०७६ मा गरेको लागु औषध प्रयोकर्ताहरुको सर्वेक्षण अनुसार साथीहरुको दवाव, लागु औषध खाँदा के हुने रहेछ भन्ने उत्सुकता, मनोरञ्जन, डिप्रेशन, पारिवारिक समस्या, शैक्षिक समस्या, मानसिक रोग, खुसी हुनको लागि लागु औषधको प्रयोग गर्ने गरेको देखाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु