नगर प्रमुखको ‘बन्धक’ बन्यो मण्डनको कार्यपालिका, ७ महिनादेखि बैठक नै बसेन


होमप्रसाद चौंलागाँईं

मण्डनदेउपुर, काभ्रेपलाञ्चोकको सुन्दर अनि शान्त कृषि तथा पर्यटकीय नगरी हो । ईन्द्रावती नदी र त्यसको नदीजन्य उत्पादन, खेतीयोग्य उर्वर टार तथा फाँटहरु र नगरकोट, थामडाँडा, ठूलीचौर, जितारी पोखरी, इन्द्रावती सिपाघाट, कुन्तावेसी, साण्डी तथा ठूल्डीवेसी, चण्डेनी फाँट लगायतको मनोरम ठाउँहरु र मेलम्ची–हेलम्बु सडक, कुन्तावेसी नयाँगाउँ–नगरकोट सडक, दोलाघाट, जोगिटार, हिंगुवापाटी देउपुर–नगरकोट सडकको हिसाबले काभ्रेको ७ नगरपालिका र ६ ओटा गाउँपालिकाहरु सहितको १३ पालिकामध्ये सबैभन्दा सुन्दर मनोरम र धनी नगरपालिका हो । 

नेपाली उखान ‘स्वभाव दरिद्र भयो भने मानिस कहिल्यै धनी बन्दैन’ भने झै निर्वाचन अघि बनेको गठबन्धनका कारण एक पछि अर्को गर्दै मण्डनदेउपुर जिल्लाकै कमजोर नगरपालिका बन्दै गई रहेको छ । स्थानीय जनताको काम गर्ने सरकार र त्यसको मन्त्री परिषद् भनेर चिनिने कार्यपालिका पूर्ण रुपमा बन्धक बनेको छ । नगरको कार्यपालिका वैठक ७ महिना अघिबाट बस्न र चल्न सकेको छैन ।

७ महिना अघि बसेको वैठकमा १२ नं.का वडाध्यक्षले मेयरको रवैयाप्रति समयनै लिएर विरोध गरेपछि उनि झन अतालिन पुगेका थिए । हिजो गठबन्धनबाट चुनाव लड्दा आफ्नो पार्टीको १ हजार मतपनि नभएका मेयरका उमेदवार उनी एक्कासी अत्तालिन मात्र पुगेनन्, उनले ७ महिनादेखि नगरको कार्यापालिकाको वैठक नै राख्न सकेका छैनन् ।

देश संघीय संरचनामा गएपछि स्थानीय निकाय बदलिएर स्थानीय तह बनिसकेको पनि वर्षौं भैसक्यो । स्थानीय सरकार संचालन ऐन तथा कार्यविधी अनुसार हरेक महिनाको एक पटक अनिवार्य रुपमा स्थानीय तहमा कार्यपालिकाको बैठक बस्नु पर्ने ब्यवस्थालाई उनले लतारि रहेका छन् । नगर प्रमुखको एकल मनोमानीको विरुद्धमा वडा अध्यक्षहरुले वैठकमा खबरदारी गर्न थालेपछि गठबन्धनबाट चुनाव लडेर सिंगो नगरभरी ६२ सिटमा भएको निर्वाचनमा १ सिट त्योपनि आपूmमात्र जित्न भ्याएका उनी पछिल्लो समय ब्यापक अतालिन थालेको स्थानीय स्तरबाटै नियाल्न थालिएको छ ।  

७ महिना अघि बसेको वैठकमा १२ नं.का वडाध्यक्षले मेयरको रवैयाप्रति समयनै लिएर विरोध गरेपछि उनि झन अतालिन पुगेका थिए । हिजो गठबन्धनबाट चुनाव लड्दा आफ्नो पार्टीको १ हजार मतपनि नभएका मेयरका उमेदवार उनी एक्कासी अत्तालिन मात्र पुगेनन्, उनले ७ महिनादेखि नगरको कार्यापालिकाको वैठक नै राख्न सकेका छैनन् ।

हिजोका दिनमा जहाँनीया राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रबाट वाक्क दिक्क भएर जनताको मतबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा मण्डनदेउपुर लज्जाको विषय बन्दै गइरहेको छ । आफ्ना ठूला ठूला कर्तुत छोप्न सामान्य विषयलाई उचाल्ने उनको पूरानो बानी पुनः एक पटक हावी भएको छ । वैठकको क्रममा आक्रोसित वडाध्यक्षले बोलेको सामान्य शब्दावलीको लिखित जबाफ सहितको माफी नमागेसम्म कार्यपालिका वैठक चल्दैन भन्दै कार्यपलिकीय अधिकारलाइ नै बन्धक बनाइएको नगरस्थित ७ नं. वडाका वडाध्यक्ष विष्णु पौडेलले बताए । 

मैले जनताको कुरा उठाएको छु, माफी माग्नु पर्ने कुरै छैन । माफी माग्नै नै हो भने यस अघि भए गरेका धेरै कुराहरुमा मेयरले चहिं जनता र हामी जनताको प्रतिनिधी समक्ष माग्नु पर्दछ । उल्टो कुरा गर्दै हिंडेर सुल्टो दिशामा पुग्न नसक्ने भन्ने वडाध्यहरु र मेयरको टसलले नगर कार्यपालिकाको वैठकलाई बन्धक भएको प्रति स्थानीय जनता चिन्तित बन्न थालेका छन् । 

अन्य थुप्रै विषयवस्तुहरु हुँदाहुँदैपनि नगर स्थित २२ सदस्यीय कार्यपालिका नगर प्रमुख र गठबन्धनका एक जना वडाध्यक्षको त्यस दिनको सामान्य भनावैरीले हालसम्म कार्यपालिका वैठक बन्धक बनेको बताईएको छ । केवल एकल अपनत्व र अनुकुलतामा नगर अस्पतालको २४ करोडको बजेट बिलोमा टेण्डर अनुमती दिएको, अघिल्लो वर्षको करोडौंको इन्द्रावती नदिको नदीजन्य पदार्थको टेण्डर चालु आर्थिक वर्षमा एकदमै कममा टेण्डर स्वीकृत गराएको र खास गरी मेयर र उप–मेयरले उनीहरु सरह जनताको मतबाट निर्वाचित १२ वडाका वडाध्यक्षहरुलाई किनाराका साक्षी मात्र बनाउने प्रयत्न गर्दै आएको कुराले मण्डनदेउपुरमा कार्यपालिकाको वैठक बस्न नसक्ने गरी विबादको रुप धारण गरेका बताइएको छ ।  


प्रतिक्रिया



थप समाचारहरु