चुनावी अभियानमा जुट्दै एमाले काभ्रे, धुलिखेल आएर योगेशले के भने ?


मेचीकाली

धुलिखेल-नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेमात्रै देश र जनताको पक्षमा उभिने पार्टी भएको दाबी गरेका छन् । वर्तमान सरकारका कारण नेपाल लडाइको मैदानतर्फ धकेलिएको भन्दै उनले एमाले मात्रै देश र जनताको पक्षमा उभिएको दाबी गरे ।

नेकपा एमाले काभ्रेले धुलिखेलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपाल अन्तराष्ट्रिय शक्ति राष्ट्रको क्रिडास्थल जस्तो बनेको बताए । कुनै एउटा राष्ट्रको पक्षमा भइरहेको समर्थन, एमसीसी र एसपीपीको उदाहरण दिँदै उनले सरकारले असंलग्न परराष्ट्र नीति, पञ्चशिलको सिद्धान्त भुलेको आरोप लगाए । राष्ट्रको झण्डा बोकेकै कारण एमाले निशानामा परेको सचिव भट्टराईको तर्क थियो

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न देशको नेतृत्व एमालेले गर्नुपर्ने भट्टराईको दाबी छ । परालको खुट्टा भएको कांग्रेस, सम्झौता गर्दै हिड्ने माओवादी केन्द्र र कांग्रेसको मत सहित ४ प्रतिशत मत प्राप्त गरेको एकीकृत समाजवादीकाले मुलुकको नेतृत्व गर्न नसक्ने उनको ठोकुवा छ । एक्लै चुनावी प्रतिस्पर्धा गर्न नसकेर पाँच दलबीच गठबन्धन हुनुले एमाले सबैभन्दा बलियो शक्ति भएको स्पष्ट हुने भट्टराईले बताएका छन् । उनले ३३ सिटमा झरेर बूढानिलकण्ठमा ¥याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन प्रचण्ड र माधव नेपालले गरेको गलत क्रियाकलापको साक्षी बस्न नसकेको समेत उनले बताएका छन् । एमाले सचिव भट्टराईले संविधान जारी गर्ने अगुवाई तत्कालिन संविधान सभा अध्यक्ष सुबास नेम्वाङ्गले गरेको स्मरण पनि गराएका छन् । आगामी निर्वाचनबाट सत्ता गठवन्धनले मुलुकलाई भड्खालोमा हाल्न गरेका गतिविधिको भण्डाफोर गर्दै नेकपा एमालेले शुरु गरेको मुलुक निर्माणको अभियानलाई अघि बढाउन जनताकोमा जाने तयारीमा जुटन कार्यकर्ताहरुलाई निर्देशन दिए । 

कार्यक्रममा पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिएका थिए । बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराएका थिए भने एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिती र अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाका ६ सय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागि थिए । 


प्रतिक्रिया



थप समाचारहरु