हिंसाविरुद्ध कार्यक्रम नै कार्यक्रम, तर तथ्यांक भन्छ 'काभ्रेमा महिला हिंसा झन् बढ्यो'


मेचीकाली

धुलिखेल–अहिले लैंगिक हिंसाविरुद्धको अभियान देशैभर सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन हुँदै आएको छ । काभ्रेमा पनि विभिन्न कार्यक्रमसहित यो अभियान चलिरहेको छ । १६ दिनमात्रै होइन लैंगिक हिंसा रोक्नका लागि वर्षैभरि कार्यक्रमहरु भइरहेकै छन् । तर, ती अभियान र कार्यक्रम कत्तिको प्रभावकारी भए त ? महिला हिंसाका घटनासम्वन्धी तथ्यांकले भन्छ, ‘छैन !’

तथ्यांकले महिला तथा बालबालिका माथी हुने हिंसाको प्रमुख कारण घर भित्रका सदस्य, आफन्त, नातेदार तथा चिनेजानेको ब्यक्ति र कार्यक्षेत्रमा सँगै काम गरेका ब्यक्ति प्रमुख रहेको देखिएको छ । ‘२०७९ साउन देखि मसिंर १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका १२ वटा जर्बजस्ति करणी सम्वन्धी घटनामा १२ जना बालिका आफन्तबाटै बलात्कृत भएका छन्’– जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएस्पी) अन्जना श्रेष्ठले भन्नुभयो–‘भदौ देखि मसिंरसम्म दर्ता भएका अधिकांश घटनामा ६ वर्ष देखि १६ वर्षसम्मका बालिका बलात्कृत भएका छन् ।’ बलात्कृत मध्ये अधिकांश अपाङ्गता भएका छन् । कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरुलाई घर भित्रकै सदस्य र आफन्तले ललाई फकाई बलात्कृत गरेको बयान दिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २९ थियो भने आर्थिक वर्ष २०७७/२०७८ मा ३० थियो । जर्बजस्ति करणी उद्योगमा चालु वर्षको ७ महिनामा २ वटा उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्ष ३ वटा जाहेरी दर्ता भएका थिए । 

स्थानीय तहमा न्यायिक समितिमा उजुरी लिएर गए पनि न्यायको महसुस नहुने भएकाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको पीडितहरुले बताएका छन् । राजनीतिक दल प्रति आस्था राख्ने जनप्रतिनिधिहरुले दिने न्यायमा विश्वास नभएको उनिहरुले बताएका छन् । न्यायिक समितिका पदाधिकारीहरुले भने सकेसम्म न्याय दिन प्रयास गरिएको बताएका छन् । महिलाका समस्या लिएर न्यायिक समिमिता पुग्दा पुरुष नै पुरुष भएकाले भन्न नसकेर प्रहरीकोमा आएको महिलाहरुले बताएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका मध्ये अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् भने केहि अदालतमा गएका छन् । अदालतमा गएका मध्ये अधिकांशको सम्वन्ध विच्छेद भएको छ । 

बहुविवाह, बाल विवाह, आत्महत्या दुरुत्साहन, मानव बेचविखन तथा ओसारपसार, अपहरण तथा शरिर बन्धक, झुण्डिएर आत्महत्या, विष सेवन, बाल यौन दुराचार लगायतका घटनामा महिलाहरु पीडित भएको डिएस्पी श्रेष्ठले बताउनु भयो । २०७७/२०७८ मा ३१ जना महिलाले झुण्डीएर र १८ जना विषय सेवनबाट आत्महत्या गरेका थिए भने २०७८÷२०७९ मा ४० जना झुण्डीएर र ६ जनाले विष सेवनबाट आत्महत्या गरेका थिए । सोहि वर्ष आत्महत्या दुरुत्साहनमा ५ वटा उजुरी दर्ता भएका थिए ।                

काभ्रेमा महिला हिंसाको अवस्था

शिर्षक

२०७७/२०७८

२०७८/२०७९

२०७९/२०८०

घरेलु हिंसा सम्वन्धी उजुरी

१७२

२७६

मसिंर १५ सम्म

मिलापत्र

१३१

१९४

७८

अदालत पठाईएको

१३

७६

सम्पर्कमा नआएका

३४

३९

फछ्र्याैट बाँकी

३४

११

                                                                                                                स्रोतः जिल्ला प्रहरी कार्यालय

महिला हिंसाका घटना

शिर्षक

२०७७/०७८

२०७८/०७९

२०७९/२०८०

जर्बजस्ति करणी

३०

२९

मसिंर १५ सम्म

जर्बजस्ति करणी उद्योग

१२ (९ जना बालिका)

बहुविवाह

बालविवाह

आत्महत्या दुरुत्साहन

 

मानव बेचविखन तथा ओसारपसार

झुण्डिएर मृत्यु

३१

४०

विष सेवनबाट मृत्यु

१८

बाल यौन दुराचार

जम्मा

९८

९६

स्रोतः जिल्ला प्रहरी कार्यालय

 

२०७९ साउन १ देखि मसिंर १५ सम्म

शिर्षक

हराएको

फेला परेको

महिला

२१

१६

बालक

बालिका

१४

१४

पुरुष

१०

पुरुष जेष्ठ नागरिक

 

–चेष्टा साप्ताहिकबाट


प्रतिक्रिया



थप समाचारहरु