बेथानचोक दिगो विकासको यात्रामाः अध्यक्ष अधिकारी


मेचीकाली

च्याम्राङबेंसी -बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताउनु भएको छ । बेथानचोक–१ च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यो आर्थिक वर्षमा गाउँपालिकामा ५ किमी पक्की सडक बिस्तार हुने नै छ यसका साथै शिक्षा, स्वास्थ्यका साथै कृषि र पर्यटनका क्षेत्रमा पनि गाउँपालिकाले विकासका नयाँ आयामहरु थप्दै लगेको बताउनु भयो ।


उहाँले सहकारी नागरिकहरूको स्वतन्त्र गतिविधि भएको र निजी क्षेत्र र कतिपय अवस्थामा राज्यले गर्न नसक्ने कुरालाई सहकारीको माध्यमले नागरिहहरूले सजिलै सम्पन्न गर्ने भएकोले चक्रेश्वर साकोसले पनि च्याम्राङबेंसीको विकासमा नागरिक सहभागिता, छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । चक्रेश्वर साकोस ग्रामिण भेगमा सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक साझा सङ्गठन बनेको भन्दै समग्रमा साकोसले समान इच्छा, आकांक्षा भएका व्यक्तिहरूमा आपसी सहयोग तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध गराउने विश्वास व्यक्त गर्नुभयो । सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रामा लाग्ने हुँदा सञ्चालकले यसलाई अभियान बनाउनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी सस्था लि का कार्यकारी अधिकृत केशव दाहाल, बेथानचोक गाउँपालिका वडा नं. १ अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना लगायतले चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को २७औं वार्षिकोत्सवमा शुभकामना मन्तव्य राख्दै संस्थाले ग्रामिण भेगमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । संस्थाका अध्यक्ष उद्धव प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल दाहालले मन्तव्य राख्नु भएको थियो भने सचिवको प्रतिवेदन सन्तोष घिमिरे र कोषाध्यक्षको प्रतिवेदन मखमलीमाया गोलेले राख्नु भएको थियो ।

कार्यक्रमममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट शैक्षिक सम्मान तथा ज्येष्ठ सदस्यलाई सम्मान पनि गरिएको थयो । संस्थामा  ३ सय ७८ महिला, ३ सय ६ पुरुष १ सय ४० गरी कूल ८ सय २४ जना सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो । आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको शूल सम्पत्ति ४ करोड १२ लाख ६६ हजार ३ सय ५० रहेको, शेयर पूँजी २८ लाख ९९ हजार रहेकोे यस्तै कूल ऋण लगान ३ करोड १५ लाख २७ हजार ८ सय १२ र कूल निक्षेप संकलन ३ करोड १५ लाख ३३ हजार ३ सय ४९  रुपैया रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु