फूटबल ‘फ्यान’ बाँस्कोटाको टिप्पणी : टिकीटाकाजस्तै बाम एकताको स्वर हरायो


मेचीकाली

बनेपा–नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र नं. २का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा फूटबलका ‘फ्यान’ हुन् । विशेषगरी अर्जेन्टिनी फुटबल स्टार मेसीका प्रशंसक बाँस्कोटा बेलाबेलामा सामाजिक सञ्जालमा राजनीतिकबाहेक खेलकुदका विषयमा पनि सटीक टिप्पणीका कारण चर्चित छन् ।

हिजो राती १२ बर्षअघिको विश्वविजेता स्पेन विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएपछि स्पेनको खेलसँग जोडेर बाँस्कोटाले नेपाली बामपन्थी राजनीतिबारे टिप्पणी गरेका छन् । बाँस्कोटाले स्पेनको चर्चित टिकीटाका शैली र नेपालको बामपन्थी एकतालाई तुलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर हराउन थालेको टिप्पणी गरेका छन् । उनले कांग्रेसलाई ठूलो दल बनाउन सहयोग गर्ने बामपन्थी पार्टीहरु माओवादी र नेकपा एसलाई लक्षित गर्दै अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्नुको अर्थ नरहेको बताएका छन् । 

बाँस्कोटाले लेखेका छन्, ‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर पनि हराउन थाल्या छन । कही जनमत र केही हर्कतबाट कांग्रेस ठुलो भै सक्यो । अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृती काम छैन ।’


प्रतिक्रिया



थप समाचारहरु