शिक्षणदेखि राजनीतिसम्मका अब्बल व्यक्तित्व कुमार खकुरेल


मेचीकाली

पाँचखाल–पञ्चायतकालमै शिक्षाको ज्योति फैलाउन लागिपरेका कुमार खकुरेल नेकपा एमालेबाट बागमती प्रदेशसभामा काभ्रे क्षेत्र नं. २ (क) तर्फका उम्मेदवार हुन् । काभ्रेको साविक खरेलथोक गाविस ८ (हाल पाँचखाल नगरपालिका ११) मा २०२३ सालमा जन्मिएका खकुरेल विद्यालय तहमै राजनीतिमा सक्रिय थिए । २०३७ साल मा अनेरास्ववियु प्रारम्भिक कमिटीमा संगठित भएका खकुरेल विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका थिए, र हाल उनी नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य छन् । 

शिक्षा क्षेत्रमा लामो समय व्यतित गरेका खकुरेल पञ्चायतकालमै (२०४३ सालदेखि २०४५ सालसम्म) महादेवस्थानको डेडीथुम्का माविमा शिक्षकको रुपमा कार्यरत रहे । २०४६ देखि २०५७ सम्म बागमती कोचिङ सेन्टरमा अर्थशास्त्र र भुगोलको अध्यापन गरेका उनले नेशनल रिसर्च एसोसिएट्स कालिकास्थानमा एसिस्टेन्ट रिसर्च अफिसको रुपमा पनि काम गरे । 

पेशाले अधिवक्तासमेत रहेका खकुरेल नेपाल बार एसोसिएसन उच्च अदालत पाटनका सदस्य हुन् । २०५२ सालदेखि नै विभिन्न कम्पनीमा कानुनी सल्लाहकार रहेका उनी २०५३ चैतदेखि २०५४ कार्तिकसम्म तत्कालिन उद्योगमन्त्री केशव बडालको स्वकिय सचिवको रुपमा पनि कार्यरत थिए । 

भगवती मावि खरेलथोकबाट एसएलसी उत्तीर्ण गरेका खकुरेलले नेपाल ल क्याम्पसबाट बिएल उत्तीर्ण गर्नुका साथै राजनीतिशास्त्रमा एमए गरेका छन् । 

विद्यार्थी राजनीतितर्फ खकुरेल २०४० मा अनेरास्ववियुको पुर्व १ नं सम्पर्क कमिटि सदस्य भए भने सोही बर्ष उपत्यका जेल कमिटी सदस्य भए । यस्तै २०४१ मा नेपाल ल क्याम्पस प्रा.कको उपसचिव हुँदै सचिव भएका उनी २०४३ बैशाखबाट सातौं जिल्ला जिल्ला अधिवेशन आयोजक कमिटी काभ्रेका संयोजक तथा बागमती सञ्चल कमिटी सदस्य भएका थिए । 

यस्तै पार्टी राजनीतितर्फ २०४० सालमा नेपाल ल क्याम्पसमै पार्टी सम्पर्क कमिटी र युथ लिगमा आवद्ध भएका थिए भने २०४३ मा तात्कालिन २ नं इलाका कमिटि सदस्य तथा पाँचखाल र महादेवस्थान गाउँ सक्रिय दलमा सचिवको रुपमा सक्रिउ भए । यस्तै २०४४ मा पार्टी सदस्यता पाएसँगै सोही बर्षदेसख २०४६ सालसम्म प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च जिल्ला कमिटी काभ्रेको कोषाध्यक्ष भए । यस्थै २०४६ देखि विशेष इलाका सम्पर्क कमिटी काठमाडौंमा आवद्ध भएका उनी काभ्रे काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष पनि हुन् । काभ्रे काठमाडौं सम्पर्कमा मञ्चमा उनी २०४९ देखि २०६२ सम्म सक्रिय उनी २०५४ देखि २०६२ सम्म बागमती स्ञ्चल सम्पर्क मञ्चमा पनि अध्यक्षको रुपमा रहे । यस्तै २०६२ देखि २०६५ सम्म केन्द्रीय सम्पर्क विभाग सदस्य र बागमती इन्चार्जको रुपमा रहेका खकुरेल २०६५ सालमा बागमती स्म्पर्क कसमटीको अध्यक्ष भए । २०६८ देखि २०७५ सम्म नेकपा एमालेको केन्द्रीय राज्य व्यवस्था विभागको सदस्यको रुपमा समेत सक्रिय रहेका थिए ।

भूमिगतकालमै पहिलो काभ्रे जिल्ला अधिवेशन २०४४ को आयोजक प्रतिनिधि भएका उनी २०४९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय महाधिवशन र २०५४ मा नेपालगञ्जमा भएको छैटौं महाधिवेशनमा महाधिभवेशन प्रतिनिधि भए । यस्तै २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशन तथा २०७० मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका साथै सचिवालय उपसमितिमा रहेका खकुरेल प्राय सबै काभ्रे जिल्ला अधिबेशनहरुमा अतिथि एवं निर्वाचन कमिटि संयोजक भएर काम गरिसकेका छन् भने राष्ट्रिय प्रतिनिधि परिषद र राष्ट्रिय भेला प्रतिनिधिको रुपमा समेत निरन्तर सक्रिय व्यक्ति हुन् ।



प्रतिक्रिया



थप समाचारहरु