चुनावबाट जनादेशले विजय प्राप्त गर्छ : बास्कोटा


मेचीकाली

बनेपा– पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनबाट जनादेशले विजय प्राप्त गर्ने बताएका छन् । उनले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ भएको पनि बताए । बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण संघर्ष भएको बताए । ‘जनताको शासन, लोकतन्त्र भनेको यहि हो, हामीले रोजेको व्यवस्था त्यहि हो । त्यसलाई अल्मल्याउने कुरा स्वीकार्य हुँदैन’ बास्कोटाले भने ।

देशलाई पछाडि धकेल्ने कुरामा नेकपा (एमाले) सहमत हुन नसक्ने बास्कोटाको भनाइ थियो । आफ्नो ठाउँ, पालिका, जिल्ला र समग्र देश निर्माण गर्दै दुनियाँको सामु एक साथ सँग–सँगै अगाडी बढ्न चाहेको बास्कोटाले बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रम्ख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी लगायतको उपस्थिति थियो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरपालिकाले गरेका कामहरुको विववरण प्रस्तुत गरृका थिए । स्थापना दिवसको अवसर पारेर नगरलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो । 






प्रतिक्रिया



थप समाचारहरु