यस्तो छ काभ्रे कांग्रेसको प्रदेश क्षेत्रको चुनावी नतिजा


मेचीकाली

बनेपा– जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको चुनावी परिणाम सार्वजनिक भएको छ । १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले निर्वाचन कार्यतालिकाअनुसार हिजो शुक्रबार देशका अधिकांश जिल्लामा प्रदेशसभा क्षेत्रको चुनाव आयोजना गरेको थियो । सोहीअनुसार काभ्रेका चारवटा क्षेत्रमा चुनाव भएकोमा तीनवटामा मतदान भयो भने एउटा क्षेत्रमा निर्विरोध क्षेत्रीय समिति चयन भयो । 

सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नंवर २ ख मा भने मधु आचार्य प्यानलका रामहरि श्रेष्ठ विजयी भए । श्रेष्ठ जम्मा दुई मतको अन्तरले सभापतिमा निर्वाचित हुँदा शिव–तीर्थ प्यानलका भगवान अधिकारीले हार बेहोर्नुपर्यो । श्रेष्ठले २९९ मत पाए भने अधिकारीले २ सय ९७ मत पाए । 

हिजो राती अबेरसम्म चलेको मतदानको आज साँझ आएको अन्तिम परिणामअनुसार काभ्रेका चारवटा प्रदेशसभा क्षेत्रमध्ये तीनवटामा शिव हुमागाईं समर्थित प्यानल विजयी भएको छ । एउटा क्षेत्रमा भने मधु आचार्यनिकट नेता विजयी भएका छन् । 

काभ्रे क्षेत्र नंवर १ अन्तर्गत प्रदेशसभा क मा मा हिजो नै रामवहादुर योन्जनका नेतृत्वमा शिव हुमागाईं–तीर्थ लामा प्यानलका अधिकांश नेता निर्विरोध निर्वाचित भएका थिए । आज सार्वजनिक परिणामअनुसार क्षेत्र नं. १ (ख) मा शिव हुमागाईं–तीर्थ लामा समर्थित प्यानलका चन्द्रवहादुर लामा विजयी भए । उनले ४१३ मत पाउँदा मधु आचार्य समर्थित रोजनराज पाण्डेले २१२ मत ल्याए । 

क्षेत्र नंवर २ अन्तर्गत प्रदेशसभा क मा शिव–तीर्थ समर्थित प्यानलका हेमकुमार तामाङ  निर्वाचित भए । उनले पाँचखाल नगरपालिकाकी उपमेयरसमेत रहेकी लक्ष्मी दनुवारलाई पराजित गरे । लामाले ३ सय ३ मत पाउँदा दनुवारले २ सय ४८ मत पाइन् । 

सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नंवर २ ख मा भने मधु आचार्य प्यानलका रामहरि श्रेष्ठ विजयी भए । श्रेष्ठ जम्मा दुई मतको अन्तरले सभापतिमा निर्वाचित हुँदा शिव–तीर्थ प्यानलका भगवान अधिकारीले हार बेहोर्नुपर्यो । श्रेष्ठले २९९ मत पाए भने अधिकारीले २ सय ९७ मत पाए । 


प्रतिक्रिया



थप समाचारहरु