नेपाली कांग्रेस नमोबुद्ध-काठमाडौं सम्पर्क समितिमा आकाशको नेतृत्व


मेचीकाली

काठमाडौं-नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समितिको सभापतिमा आकाश लामा चयन भएका छन् ।

नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा भएको सम्पर्क समिति गठन कार्यक्रममा लामा सहित उपसभापतिमा सिद्धिबहादुर दाहाल र हिमाल सिं तामाङ, सचिवमा रत्न लामा र नवेश तामाङ, सहसचिवमा प्रेमबहादुर लामा र विनोद न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शंकर रायमाझी, केदार प्रसाद पौडेल, विकास तिवारी, समुन्द्र नेपाल, हेमराज लामा, विष्णुबहादुर तामाङ, विकास तामाङ, गोविन्दबहादुर भुजेल, अजय लामाङ, तेजबहादुर तामाङ, कुमार लामा र बासुराम तामाङ चयन भएका छन् ।

कार्यक्रमको नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तिर्थ लामाले उद्घाटन गरेका थिए । सभापति लामाले काङ्ग्रेस द्रुत गतिमा रहेको र नेपाली काङ्रेसको सबै वडा, टोलमा पुग्ने अभियानमा लागेको जनाए । पार्टी क्रियाशिलतामा निरन्तरताका कारण पार्टीमा भुमिका दिईने जनाउँदै नयाँ बनेको समितिले आगामी निर्वाचनमा उल्नेख्य भूमिका खेली नमोबुद्धका मतदाताहरुलाई काठमाडौबाट मतदान स्थल सम्म पुर्याउन भुमिका खेल्न अनुरोध गरे ।

कार्यक्रममा संविधान सभा सदस्य हर्षजित लामा, नेपाली काँग्रेसका जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेश हुमागाई, प्रतिनिधि सभा सभापति दिनेश लामा, प्रदेश सभापति चन्द्र लामा र राम लामा नमोबुद्ध नगरका मेयर कुन्साङ लामा, जिल्ला सदस्य सन्तमान लामा र भोला भट्टराई, नेताहरु मधुकर खनाल, निगम हुमागाई, नगर सचिव रामेश्वर अधिकारी र महेन्द्र थिङ, नेपाल महिला सघ नमोबुद्ध नगर समिति सभापति शान्ता पाठक नराल लगायतले काँगेसको भुमिकाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति इन्द्र दाहालले गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु