गणेशको टिकट तीर्थले पाए, केन्द्रीय सदस्यभन्दा जिल्ला सभापति ‘शक्तिशाली !’


मेचीकाली

बनेपा–जिल्ला सभापति तीर्थ लामाले केन्द्रीय सदस्य गणेश लामाले पाइसकेको भनिएको काभ्रे क्षेत्र नं १ ख को टिकट पाएपछि काभ्रे कांग्रेसमा विवाद चर्किएको छ ।

जिल्ला सभापति तीर्थ प्रतिनिधिसभाका दाबेदार थिए । उनको नाम एकलरुपमा क्षेत्र नं १ बाट सिफारिस भएको थियो । तर, उक्त क्षेत्र गठवन्धनले भाग लगाउने क्रममा माओवादी केन्द्रको भागमा परेपछि तीर्थ समस्यामा परेका थिए । हिजो दिनभर कांग्रेस निकट कतिपय अनलाइनमार्फत प्रतिनिधिसभामै तीर्थले टिकट पाएको प्रचारसमेत गराइयो । तर, माओवादी केन्द्रका सूर्यमान दोङले केही ‘प्राविधिक’ अड्चन फुकाएर हिजो नै टिकट ल्याइसकेका थिए । यसको मारमा भने प्रदेशमा पुन आकांक्षी रहेका गणेश लामा परेका छन् ।

गणेश लामा अघिल्लोपटक एमालेका चन्द्र लामासँग पराजित भएका थिए । यसपटक चन्द्र लामासँगै उनको पुनः प्रतिष्पर्धा निश्चितजस्तै थियो । तर, जिल्ला सभापतिको शक्तिका अगाडि केन्द्रीय सदस्य गणेशको केही जोर चलेन र गएराती अबेर तीर्थको नाममा टिकट बन्यो ।

तीर्थ प्रतिनिधिसभाबाट झरेर प्रदेशसभामा आएपछि गणेश लामा पक्षीय नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । उनीहरुले लामाप्रति सहानुभुति देखाउँदै पार्टी नेतृत्वप्रति भने सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।


प्रतिक्रिया



थप समाचारहरु