गोरखा –नेकपा एमाले तथा नेपाल परिवार दलद्वारा संयुक्त उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम नेकपा एमालेको सहयोगमा समानुपातिक उम्मेदबार बन्नुभएको नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा र नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम बहादुर गुरूङको सभाअध्यक्षता नेकपा एमाले जिल्ला पार्टी कार्यालय हलमा सम्पन्न भएको छ ।
प्रदेश नं १ झापा वाट नेकपा एमाले अध्यक्ष केपी ओली सँगै सुरू गरेका अध्यक्ष ढकालको चुनावी अभियान बागमती प्रदेश हुँदै हिजो मधेस प्रदेशको चुनावी सभालाई संम्बोधन गरेर आज गृह जिल्ला गोरखामा पुगेका हुन् । अध्यक्ष एकनाथ ढकालले केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको साथै सम्पूर्ण नेपाली जनता मिलेर देशलाई दुर्घटना बाट बचाउन आग्रह गरे । साथै अहिलेको ५ दलिय गठवन्धनले देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेण्डा नभएको र देशले कुनैपनि प्रकारको फाइदा हासिल गर्न नसक्ने र पहिलेको परिस्थितिको निरन्तरता हुने उनले बताए । एमाले अध्यक्ष केपि ओली नेपाली राजनीतिको श्रीखण्ड भएकोले प्रधानमन्त्रीको रूपमा नेपाल परिवार दल साथै केपि ओली नेतृत्व गठबन्धनले अगाडि सारेको जानकारी दिदै ढकालले सो सरकारले गुभेको भु–भाग कालापानी र लिम्पियाधुरामा राष्ट्रिय झण्डा फैलाउन सक्ने ठोकुवा गरे ।
अध्यक्ष ढकालले गोरखा जिल्लामा अब नयाँ नेतृत्वको लागि बिकल्प दिनुपर्ने समय आएकाले तयार हुन अनुरोध गर्दै गोरखाले बिकासवादी नेतालाई तिरस्कार गरेको र धिकासको सिन्को नभाचेको नेतालाई फुलमालाले पुरस्कृत गरेको गुनासो पनि गरे । नेपाल परिवार दलको आव्हान ः सुर्यमा मतदान, ’समृद्व नेपाल र सुखी नेपाली ः सूर्यमा भोट यसपाली ’ भन्ने नारा सहित नेपाल परिवार दलले देशभरि चुनावी अभियानमा लागेको दलका महामन्त्री प्रकाश बाबू थापाले जानकारी दिएका छन् ।