आफ्नै भवनमा कार्यालय सार्दाको चटारो र चर्चित थकाई विदाको प्रसङ्ग


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

काभ्रे/मण्डनदेउपुर राज्यको पुनर्संरचना हुेन क्रममा बनेको काभ्रेको पछिल्लो नगरपालिका हो । साबिक ३ देउपुर (वालुवापाटी देउपुर, गैह्रिविसौना देउपुर र नयाँगाउँ देउपुर) र ४ मण्डन (महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसिथोक मण्डन र ज्याम्दी मण्डन) को समायोजनबाट मण्डनदेउपुर नगरपालिकाको गठन भएको हो । 

एक त पछि बनेको नगरपालिका त्यसमा पनि मण्डन र देउपुरका ७ ओटा गाउँ विकास समितिहरु मिलेर बनेको नगरपालिका भएकोले संरचनागत हिसाबले यसको आफ्नै प्रशासनिक भवन थिएन । कहिले ७ नं. वडा कार्यालयमा त कहिले ब्यक्तिको घर भाडामा लिई नगरको प्रशासनिक काम काज गर्नु यस नगरपालिकाको बाध्यतामात्र नभई विवशता थियो । ५ वर्ष यसरी नै बितेको हो । 

पछिल्लो समय स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बिजय प्राप्त गरेपछि नगरकै वडा नं. ७ मा रहेको मनमती डाँडा (साबिकको डेडीथुम्का छात्रावास नजिकै) मा जग्गा खरिद गरी निर्माण कार्य शुरु भएको थियो । सामान्य ढंगले केहि विवाद र वहशहरु भएपनि फराकिलो क्षेत्रफलमा नमूना भवन बनाउने उद्देश्यका साथ शुरु भएको काम अगाडी वढिरहेकै थियो । समय बित्दै गयो र देशमा दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न हुन पुग्यो । निर्वाचनमा नेकपा एमालेसंग नगरमा भएका प्रायः सबै दलहरु गठबन्धन गरेर आए । फलस्वरुप नेकपा एमालेको झिनो मतान्तरमा पराजय भोग्न पुग्यो । 

१२ ओटा वडाहरु भएको नगरपालिकामा गठबन्धनको कारण प्रमुख र उप–प्रमुख ६२ सिटमा भएको निर्वाचनमा १ सिटामा मात्र बिजय हासिल गर्न सफल समाजवादीले नगरको प्रमुख हत्याउन सफल भयो । त्यसको बाबजुद भवन निर्माणको काममा केहि ढिलाई भएतापनि कामको निरन्तरता भने भइरह्यो ।

भवनको थुप्रै कामहरु बाँकी रहँदा रहँदैपनि आश्विन ३ गते परेको आफ्नो जन्म दिन र संयोगले परेको संविवधान दिवसको सन्दर्भ मिलाउन निकै गाह्रो पर्दापर्दै ३ गते नै कार्यालय सार्ने साइत जुराइयो । भदौ ३१ गतेदेखि ३ गतेसम्म नगरपालिकाको कुनैपनि काम नहुने गरी विदाको सूचना जारी गरियो र बिदा भयो । 

खास गरी गठबन्धनको २ दल समाजवादी र कांग्रेसबिच प्रमुख अतिथि कसलाई बनाउने भन्ने सन्दर्भमा कुरा मिल्न नसकेपछि उद्घाटन नै नगरी सार्ने टुंगोमा पुगेका नगर प्रमुखले नगरपािलकाको निर्माण र सरसफाई एवं डेकोरेशनका कामहरु पछिपनि निरन्तर गर्ने गरी सामान सार्न भ्याएका हुन् । 

पछि कुरा मिलेपछि उद्द्घाटन गर्ने ऐलेचाहिं धेरै मानिस र समाजसेवी र नागरिक समाजका कसैलाई पनि खबर नगरी सार्ने भन्ने मिलेमतोमा भएको उक्त दिन १२ ओटा वडाहरुमध्ये वडा नं. ३, ६ र ८ का वडाध्यक्ष बाहेक कसैको उपस्थिति देखिएन । मेर र उप मेयरले आफ्नो निजी घर सार्न लागेको शैलीमा लोकतन्त्र र बहुदलीय व्यवस्थको मूल्या र मान्यतालाई समेत बेवास्ता गरेको भन्दै नेकपा एमालेले आफ्ना निर्वाचित जनप्रतिनिधिहरुलाई नजान उर्दीनै जारी ग¥यो भने नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले अघोषित बहिस्कार गरे । माओवादीकै कुरा गर्नुपर्दा नगरको १२ वडामा एउटामात्र वडा जितेको हो र सोही अनुरुपको उपस्थित हैसियत देखाएको थियो । 

एमालेको राम्रो जनमत भएको र आफ्नो जनमत ठ्याक्कै नहुँदा नहुँदै कांग्रेसको मतले जितेको कुरा बुझेका चलाख मेयरलाई कार्यक्रममा राम्रो सहभागिता नहुने कुरा राम्रै थाहा थियो र उनले पूर्व जनप्रतिनिधि र कर्मचारीहरुका जोडाजोडीलाई भ्यालेन्टाइन डेकै स्टाइलामा ल्याउन पाउने ब्यवस्था मिलाइदिए । 

त्यति हुँदाहुँदैपनि उपस्थितिको हिसाबले ३ डिजिट काट्न नसकेको कार्यक्रमकाबिच कार्यालय सारेका मात्र थिएनन्, खसी काटेर आफ्नो जन्म दिन र संविधान दिवस मनाउन भ्याएका थिए । थकाई लाग्नु स्वभाविक थियो । एउटा मानसिक थकाई त अर्को एउटै साइतमा जन्म दिन, बसाईं सराई र संविधान दिवस नमानाई नहुने प्रेसर ।

त्यसैबिच चढेको शनक हुनु पर्दछ, चर्चित थकाई विदा ! उनले अह्राए । जिम्मा पाउनेले खुसी भएर ठोक्यो । हुन त नगरमा पाँचौं र छैठौं नामका नक्कली सल्लाहकार र प्रेस सल्लाहकारपनि नभएका हैनन् । उनिहरुकोपनि के दोष, जस्तो जाने त्यस्तै ठोके । आखिर चाहिएको त विदा न थियो । 

थोरबहूत थकाई चाहिं पक्कै लागेको थियो होला । ३१ गतेदेखि ३ गतेसम्मको ट्रक र टिपरले ओसारेको सामान मिलाउन सायद बाँकी नै थियो । ४ गते बिदा गरेर सामानहरु र अफिसियल कागजात मिलाउने शब्द छनौट गर्न सकेको भए कुनै ठूलो कुरा थिएन । 

अध्ययन, लेखपढ र सुझबुझका हिसाबले मेयरदेखि करारका झुठा कर्मचारीसम्म एकनास हुनुको दूर्दशा हो थकाई विदा ! यसलाई अन्यथा लिनुहुन्न भन्ने ढंगले अघि वढौं । अरु जे जे भएपनि पहिलो पटक नेकपा एमालेले नगर जित्दाको दूरदर्शीताको कारण नगरको प्रशासनिक भवन राम्रो बनेको छ । यो कसैको घर हैन । नगरको प्रशासनिक संरचना हो । सबै मिलेर राम्रो मण्डनदेउपुर, हाम्रो मण्डनदेउपुर बनाउन लागौं । यसैमा मण्डनदेउपुरेको भोलीसम्मको भविष्य लुकेको छ । जय मण्डनदेउपुर ।


प्रतिक्रिया



थप समाचारहरु