बहुमतलाई पेल्न खोज्दा पनौतीमा पनि सपथ बहिस्कार


मेचीकाली

पनौती-नेकपा एमालेको पनौती नगर कमिटीले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुको शपथ सल्लाह नगरि राखिएको भन्दै ग्रहणका लागि अस्वीकार गरेको छ।

उपप्रमुखसहित नगर सभामा बहुमत रहेको नेकपा एमालेसँग औपचारिक छलफल र सहमति नगरी कार्यक्रम आयोजना गरेको भन्दै एमालेको पनौती नगर कमिटीले उक्त कार्यक्रममा सहभागी नहुने र छुट्टै कार्यक्रमको आयोजना गर्ने जानएको हो। शपथ ग्रहण समारोहमा वर्तमान संघीय तथा अन्य जनप्रतिनिधिहरुलाई आतिथ्यताको लागि आमन्त्रण नगरी भूतपूर्व जनप्रतिनिधिहरुलाई मात्र आमन्त्रण गरी जनमतलाई उपहास गर्ने तथा निष्पक्ष रही सहमति र सहकार्यको वातावरण बनाउनु पर्नेमा लोकतन्त्रको मर्म र भावना विपरित कुनै दल विशेषबाट मात्र निर्देशित हुने आयोजकको कार्य प्रति असहमति जनाउँदै सोमबार ३ बजे आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा सहभागी नभएको एमालेले जनाएको छ। 

एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले सोमबार नै अलग समारोहबीच शपथ ग्रहण गर्ने जनाइएको छ। ६२ जनाको नगरसभामा उपप्रमुखसहित ७ वटा वडा अध्यक्ष र सदस्यहरु सहित ३९ सिटमा एमाले उमेद्वारहरु विजयी भएका छन्। पनौतीमा नेपाली कांग्रेसले नगर प्रमुख पद जितेको थियो। कांग्रेसका रामशरण भण्डारीले १४ हजार ५० मत पाउँदा एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाएका थिए।


प्रतिक्रिया



थप समाचारहरु