काभ्रे–२ मा बाँस्कोटा सर्वसम्मत सिफारिस


मेचीकाली

बनेपा–मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाास्कोटा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । 

नेकपा एमाले काभ्रे क्षेत्र नं २ को आजको बैठकले प्रतिनिधिसभाका लागि बाास्कोटाको नाम सर्वसम्मत सिफारिस गरेको हो । यही क्षेत्रबाट बाँस्कोटा २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य छँदा नै काभ्रेमा विकास निर्माणका ठूला योजना ल्याउन थालेका बाँस्कोटा पछि सञ्चार राज्यमन्त्री हुँदै सञ्चार मन्त्री तथा शहरी विकास मन्त्री भएपछि काभ्रेमा अर्बौं रुपैयाँ बजेट पार्न सफल भएका थिए । 

काभ्रेमा ‘विकासका बादशाह’को रुपमा चिनिन थालेका नेता बाँस्कोटाकै पहलमा मदन भण्डारी विश्वविद्यालयदेखि सूर्यविनायक–धुलिखेल सडक फराकिलो बनाउनेसम्मका योजना सुरु भइसकेका छन् । बाँस्कोटा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे इन्चार्जसमेत हुन् ।


प्रतिक्रिया



थप समाचारहरु