नेकपा एस काभ्रेमा पहिरो जाने क्रम जारी, युवा अध्यक्ष पनि एमालेमा फर्किए


मेचीकाली

बनेपा–नेकपा एमालेबाट छुट्टिएर गएको नेकपा एकीकृत समाजवादी पार्टी काभ्रेमा पहिरो जाने क्रम तीब्र बनेको छ । काभ्रेमा समाजवादी पार्टीका प्रभावशाली नेताहरु नेकपा एमालेमा फर्कने क्रम झनै बढेको हो । सोही क्रममा नेकपा एसको युवा संगठन काभ्रेका जिल्ला अध्यक्ष नै एमालेमा फर्किएका छन् । युवा संगठनका अध्यक्ष एवं नेकपा एसका सचिवालय सदस्य एमालेमा फकिर्एएका हुन् । 

उनी नेकपा एमाले काभ्रे जिल्ला कमिटीका उपाध्यक्ष चन्द्र लामा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं काभ्रे इन्चार्ज राकेश लामा, एमाले पनौती नगर अध्यक्ष सुरेश हुमागाईं, युवा नेता सागर रायमाझी लगायतको उपस्थितिमा आफ्नो मुल घर एमालेमा फर्किएका हुन् । 

यसअघि पनौतीमा समाजवादी पार्टीको दुईवटा वडा कमिटी नै एमालेमा फर्किएको छ भने उक्त पार्टीका प्रदेश कमिटी सदस्य एवं प्रभावशाली नेता रमेश पौड्याल लगायत पनि एमालेमा फर्किसकेका छन् । 


प्रतिक्रिया



थप समाचारहरु